हिसान दाङको अध्यक्षमा जिसी

डेली न्युजराप्ती       ६ चैत्र २०७८ ०७:३९ मा प्रकाशित     229 No Comments


चैत्र ६, दाङ । उच्च शिक्षालय तथा माद्यामिक विद्यालय संघ, दाङ ( हिसान, दाङ) को अध्यक्ष सुरेन्द्र जिसी सवैसम्मत चयन भएका छन् ।
त्यस्तै उपाध्यक्षमा लोकमान रिजाल, सचीवमा बिष्णु प्रसाद देवकोटा, कोषाध्यक्षमा एम बि केसी, सदस्यहरुमा भोजराज न्यौपाने, कमल सापकोटा , हरि बिक्रम शाह, बिष्णु भन्डारी, बिष्णुमणि देवकोटा चयन भएका छन्।

बाँकी दुईजना घोराही क्षेत्रबाट सदस्यहरु रहने गरी जम्मा ११ जनाको जिल्ला कार्यसमिति चयन गरिएको थियो।

जिल्ला अध्यक्ष सुरेन्द्र जिसीको अध्यक्षता तथा हिसान नेपालका केन्द्रीय उपाध्यक्ष ईश्वर प्रसाद पोख्रेलको प्रमुख आतिथ्यतामा अधिवेशन सम्पन्न भएको हो ।
कार्यक्रममा शंकरकिरण घिमिरे , अरुण कुमार शर्मा , मधुसूदन के सी , निर्मल उपाध्याय , लक्ष्मण बुढाथोकी तथा एन प्याब्सन दाङका बरिस्ठ उपाध्यक्ष भोजराज न्यौपाने लगायतले शुभकामना मन्तव्य दिएका थिए।

कार्यक्रममा बोल्ने वक्ताहरुले आगामी दिनहरूमा हिसान , दाङका विभिन्न गतिविधिहरुलाई विद्यार्थी र अभिभावक सामु लैजानु पर्ने कुरालाई सबै बक्ताहरुले जोड दिएका थिए।
कोषाध्यक्ष एम बि के सीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण सचिव बिष्णु प्रसाद देवकोटाले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार