श्रममा रमाउदै समाजवादको सपना देखिरहेका ‘विप्लव’

डेली न्युजराप्ती       १६ पुष २०७९ २०:०३ मा प्रकाशित     664 No Comments


हेमन्त प्रकाश वली ।
पौष १६ , दाङ ।
नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव यतिबेला नेपालको प्रमुख राजनीतिक केन्द्रबिन्दु काठमाडौंमा देखिदैनन् । उनी बिगत अढाई बर्षदेखि आफ्नो गृहजिल्ला कपिलवस्तुको शिबगढीमा केन्द्रित भएका छन ।

कपिलवस्तुमा बसिरहेका विप्लवका बेलाबेलामा सार्वजनिक हुने तस्वीरहरुले सामाजिक संजाल मात्रै होइन नेपालको राजनीतिको समेत ध्यानाकर्षण गराउने गर्दछ ।

केपि वली नेतृत्वको तत्कालीन सरकारले नेकपामाथी २०७५ फागुन २८ गते प्रतिबन्ध लगाएपछी खास्सै सार्वजनिक रुपमा देखा नपरेका उनी तत्कालीन ओली नेतृत्वको सरकारसंग तिन बुदे सहमतीपछि पहिलोपटक कपिलवस्तुमै देखिएका थिए ।
तत्कालीन सरकार र नेकपाबिच भएको तीन बुदे सहमतीमा हस्ताक्षर गर्न आयोजित राष्ट्रिय सभा गृह जादा समेत उनी कपिलवस्तुबाट हिडेका थिए । उनले कपिलवस्तुबाट स्थानीय सहिद परिवारकि आमाको हातबाट रातो टीका लगाएर निस्किएका थिए ।
सरकारसंग तिन बुदे सहमती पश्चात् महासचिव विप्लव अधिकांश समय कपिलवस्तुमै बिताउने गरेका छन् ।

संसदीय व्यवस्था विरुद्ध एकीकृत जनक्रान्तीको कार्यदिशा लिएर एउटा अर्को जनक्रान्तीको बिगुल फुकिरहेका विप्लवको आज मात्रै अर्को एउटा तस्वीर सार्वजनिक भएको छ । सामाजिक संजालमा सार्वजनिक गरिएको उक्त तस्वीरले फेरि एकचोटि सबैको ध्यानाकर्षण गराएको छ । नेकपा निकटका नेता-कार्यकर्ताहरुले सामाजिक संजालमा पोस्ट गरेको उक्त तस्वीरमा विप्लवमा हातमा फरुवा लिएर चिसो हुस्सुको प्रवाह नगरी वरिपरि पहेँलो तोरीबारीको बिचमा खाली जमिनमा श्रम गरिरहेको देखिएका छन् । स्रोतका अनुसार विप्लव दैनिक बिहान बेलुका यसैगरी श्रम गरिरहेका हुन्छन् ।

युवाहरुलाइ आफ्नै श्रममा बाच्न सिकाइरहेका ‘विप्लव’:

नेपाल कम्युनिस्ट पार्टीले उत्पादनलाई बिशेष प्राथमिकता दिएको छ । नेपालका सबै जिल्लाहरुमा बलियो सांगठनिक संरचना निर्माण गरेको नेकपाले सम्पुर्ण जिल्ला समितीलाई उत्पादनमा जोडिन बिशेष अपिल गरेको बुझिएको छ । भौगोलिक बनावट , हावापानी माटो अनुकुलको उत्पादनलाई ध्यान दिएर सबै जिल्लाहरुले आ-आफ्नो सापेक्षतामा उत्पादन कार्यलाइ घनिभुत ढंगले अगाडि बढाइरहेका छन । तराईका जिल्लाहरुमा खाद्यान्न बाली र अलि बिकट पहाडी जिल्लाहरुमा अदुवा ,टिमुर , कागती लगाएतका उत्पादनलाई प्राथमिकता दिएको नेकपाका एक नेताले डेलियुजराप्तीलाई बताए ।

यता पार्टीका महासचिव विप्लवले कपिलवस्तुमा जनकम्युनको अवधारणा अघि बढाएका छन । उनले पार्टीका होलटाइमर कार्यकर्ता , कार्यालयको टिम सहित उत्पादनलाई तिब्रता दिएका छन । कपिलवस्तुमा नेकपाले नमुना निर्माण कार्य साथसाथै कम्युन मार्फत कृषि उत्पादनलाई प्राथमिकता साथ अगाडि बढाइरहेको छ ।

नेकपाले कपिलवस्तुमा नमुना निर्माण कार्य अन्तर्गत भव्य आधुनिक पार्टी कार्यालय , जनसंग्राहलय र जनस्वास्थ्य केन्द्र (जनअस्पताल) लगाएतका संरचनाहरुको निर्माण कार्यलाइ तिब्रता दिएको छ ।
पार्टीको केन्द्रीय सम्पर्क कार्यालय ९ तलासम्म बनाउने गरि तयारी गरिएको भएपनी अहिलेसम्म तेस्रो तलाको निर्माण कार्य अगाढी बढिरहेको छ भने जनस्वास्थ्य केन्द्रको भवनको निर्माण कार्यपनि झण्डै अन्तिम अवस्था पुगेको सो पार्टीले जनाएको छ ।
यस्तै नेकपाद्वारा निर्माणाधीन भव्य जनसंग्राहलयको पनि चर्चा चुलिएको छ । कपिलवस्तुमै निर्माण हुन लागेको संग्राहलयमा नेकपाले नेपालको राजनीतिक मुक्ती आन्दोलनमा सहादत प्राप्त गर्ने सम्पुर्ण सहिदहरुको शालिक राखिने उदेश्य लिएको बुझिएको छ । २००७ सालदेखी २०५२ देखि सुरु गरिएको महान जनयुद्ध तथा एकीकृत जनक्रान्तीमा सहादत प्राप्त गर्नुहुने सम्पुर्ण सहिदहरुको शालिक राखिने नेकपाले उद्देश्य लिएको छ ।

एकाबिहानै श्रम गर्दै नेकपाका महासचिव विप्लव।

यता कपिलवस्तुको जनकम्युनमा नेकपाले बिबिध कृषि उत्पादनका कार्यलाइ अगाढी बढाएको छ । जनकम्युन मार्फत सो पार्टीले माछा पालन , बंगुर पालन , खसी-बोका लगाएतका पशुपंक्षी पालन गरिरहेको छ । यस्तै मौसम अनुसार धान खेती , तोरि खेती , आलु उत्पादन , विभिन्न तरकारी बालीहरुको खेती गरिरहेको बुझिएको छ ।

यसो त विप्लव सहितको कार्यालयको टिमले बजारबाट खाद्यान्न , तरकारी खरिद गरेर खानुपर्ने अवस्था नरहेको नेकपाले बताएको छ ।
महासचिव विप्लव स्वंय आफैले पार्टीको ९औ महाधिवेशनको उद्घाटन समारोहलाइ सम्बोधन गर्दै पार्टीको कार्यालय टिम आत्मनिर्भर रहेको बताएका थिए ।

‘विप्लव’ आफै प्रत्यक्ष फरुवा बोकेर खेतबारीमा श्रम गरिरहेको श्रमप्रती थुप्रैले आ-आफ्नो धारणा बनाउने गरेका छन तर विप्लवले श्रमबिना समाजवादको कल्पना गरेका छैनन् । उनले आफ्ना गहकिला भासणमा समेत बिदेशिएका युवाहरुलाइ देशमा फर्केर आफ्नै माटोमा श्रम गर्नुपर्ने आह्वान गरिरहन्छन ।
उनले बिदेशीसंग मागेर देश समृद्ध नहुने भन्दै आफ्नै श्रम र पसिनाले देश समृद्ध हुने अभिव्यक्ति दिइरहेका हुन्छन् ।

नेकपाद्वारा निर्माणाधीन पार्टी केन्द्रीय सम्पर्क कार्यालय , शिवगढी कपिलवस्तु।

चिनको उदाहरण दिदै विप्लवले भनेका छन, ‘आजको चीन कुनैबेला हामीभन्दा गरिव थियो । माओत्सेतुङको नेतृत्वमा जनवादी क्रान्ती सम्पन्न भएपछि चिन समृद्ध बनेको हो । कुनैबेला चिनका युवाहरु युरोप गएर श्रम गर्थे आज चिनको सांघाइका रेस्टुरेन्टमा युरोपका युवाहरु श्रम गर्न लालायित हुने गर्छन् ।’

मानव समाजको एउटै जाती ‘सी’ जाती बनाएका विप्लव:

नेकपाले पार्टीको नवौं महाधिवेशनदेखि प्राय ठुला सभा/समारोहहरु कपिलवस्तुमा गर्ने गरेको छ । पार्टीले असोज २५-३१ सम्म पार्टीको केन्द्रीय सम्पर्क कार्यालय कपिलवस्तुमा नवौं राष्ट्रिय महाधिवेशन सम्पन्न गरेको थियो भने माओ दिवसदेखि थुप्रै ठुलठुला सभा/सम्मेलनहरु कपिलवस्तुमा गर्ने गरेको छ ।
यस्तै नेकपाले पार्टीको नवौं महाधिवेशनबाट मानव समाजको एउटै जाती ‘सी’ जातीको निर्माण गरेको छ । यसबारे नेपालमा बुद्धिजीवी तप्कादेखी समाजका हरेक तप्काले बहस छेडिरहेको छ । तर नेकपाका महासचिव विप्लवले वैज्ञानिक समाजवादको सपना देखिरहेका छन र त्यस अनुरुप विचार संस्लेसन गरिरहेका छन ।

नेकपाद्वारा निर्माणाधिन जनस्वास्थ्य केन्द्रको भवन।

महासचिव विप्लवले अब कम्युनिष्ट जाति वनाउनका लागि आफ्नो नामको पछि ‘सी’ लेखिने घोषणा गरेका हुन । शिवगढीमा नवौं महाधिवेशनको समापन सत्रलाई सम्वोधन गर्दै महासचिव विप्लवले यस्तो घोषणा गरेका हुन । उनले अब नेत्रविक्रम चन्द नहुने र नामको पछि सी लेखिने वताएका थिए । उनले कम्युनिस्टहरु अन्तर्राष्टिय जाती हुने बताउँदै जातीय विभेद र उत्पीडनको अन्त्य गर्न एउटा नयाँ जातिको अभ्यासका लागि विप्लवको पछि ‘सी’ लेखिने बताएका छन् उनले ‘सी’ भनेको कम्युनिष्ट हो, कम्युनष्टि भनेको साम्यवादी हो र यो अन्तर्राष्टिय जाती हो । यो सवै नेता कार्यकर्तालाई लागु गर्न निर्देशन दिएका छन् । महाधिवेशनमा उपस्थिति प्रतिनिधि एवं कार्यकर्ताले महासचिव विप्लवको उक्त प्रस्तावलाई पारित गरेका थिए । उक्त निर्णयसँगै विभिन्न टिकाटिप्पणीहरु सार्वजनिक भएका थिए र भइरहेका छन । महासचिव विप्लवले कम्युनिष्ट जाति भनेको नयाँ दृष्टिकोण भएको भन्दै सवै कम्युनिष्ट जाति मात्र हुने र हरेकले नामको पछाडिको थर हटाएर सी लेख्नुपर्ने वताए । महाधिवेशनले हरेक दुई महिनाको एक दिन कम्युनिष्ट श्रमदिन पारित गरेकाले सवै कम्युनिष्ट नेता कार्यकर्ताहरुले एक दिन सामुहिक श्रम गर्नुपर्ने छ ।महासचिव विप्लवले सहिद बेपत्ता र घाईते अपांग कोषको निमार्ण गर्ने र त्यो कोषवाट समस्यामा परेका परिवारलाई सहयोग गर्ने नीति लिएका छन । उनले एमसीसीले लिएको जग्गामा अब कम्युनिष्ट झण्डा फहराउने र कुनै पनि हालतमा नेपालमा कार्यान्वयन गर्न नदिने ठोकुवा गरे ।महाधिवेशन सफल,एकतावद्ध र विजयी भएको भन्दै महासचिवले दुश्मनको कुुप्रचारका विरुद्ध लड्न पनि सवैलाई आग्रह गरे । महाधिवेशनले राष्टियता,जनतन्त्र र जनजीविका सम्वन्धिका विभिन्न १० वुँदे प्रस्तावहरु पनि पारित गरेको छ ।गत असोज २५ गते उद्घाटन भएको महाधिवेशन असोज ३१ गते सकिने भनिएपनि समय लम्विएकाले कार्तिक २ गते मात्र सकिएको छ । महाधिवेशनमा देशभर वाट करिव ६ सय वढी प्रतिनिधि पर्यवेक्षकहरुको सहभागिता रहेको थियो ।

सी’ जातीको मृत्यु संस्कार सरल र वैज्ञानिक :

नेकपाले पार्टीको नवौं महाधिवेशनबाट पुरानो जातीको अन्त्य गर्दै नयाँ कम्युनिस्ट साम्यवादी जाती ‘सी’ जाती निर्माण गरेको थियो ।
सोही अनुरुप महाधिवेशन सकिए लगत्तै नेकपाका देशभरका नेता-कार्यकर्ताहरुले त्यसलाइ लागू गरे । उनिहरुले आ-आफ्नो सामाजिक संजाल फेसबुकमा पुरानो परम्परागत जाती हटाएर अधिकांशले ‘सी’ लेखेका छन अर्थात मानव समाजको एउटै जाती कम्युनिस्ट साम्यवादी जाती ।

महासचिव विप्लवले आफुहरुले पार्टीको नवौं महाधिवेशनले जाति , धर्म र मृत्यु संस्कारबारे वैज्ञानिकीकरण गर्दै जाने गरी सी जाति , मृत्युु संस्कारबारे नयाँ वैज्ञानिक अवधारणा बनाएर जाने नीति अनुरुप नयाँ संस्कारको विकास गरेको बताएका थिए ।
सो पार्टीका महासचिव विप्लवले आफ्नी दिवंगत आमा आशिकादेबी चन्दको दुखद निधन पश्चात् ‘सी’जातीले मृत्यु संस्कारलाई नयाँ वैज्ञानिक अवधारणा बनाएर जाने नीति अनुरुप नयाँ संस्कारको विकास गरेका छन ।

महासचिव विप्लवले मंसिर १७ गते दिवंगत हुनुभएकी आदरणीय आमाको स्मृतीमा बुधबार आयोजित श्रद्धाञ्जली सभामा बोल्दै ‘सी’ जातीले मृत्यु संस्कारलाई कम्तिमा ५ दिनसम्म शोक मनाउने बताएका थिए ।
महासचिव विप्लवका अनुसार मृत्यु भएपछी मृतकको दाहसंस्कार गर्ने , सोही दिन अन्तिम श्रद्धाञ्जली सहित शोक सभा गर्ने , दोस्रो दिन मृतकको स्मृतिमा बृक्षारोपन गर्ने (फल ,फुल र जडिबुटी) , तेस्रो दिन अक्षयकोष स्थापना गर्ने ,चौथो दिन सहिद परिवार ,असहाय ,अपांग र बृद्ध-बृद्धालाई न्यानो लत्ताकपडा वितरण गर्ने र पाचौं दिन मृतक स्मृतिमा श्रद्धाञ्जली सभा गर्ने गरि मृत्यु संस्कारलाई मनाउने स्पष्ट पारेका हुन ।

संसदवाद विरुद्ध विप्लव:

नेपालमा कम्युनिस्ट जनमत धेरै छ । कम्युनिस्ट पार्टीहरु पनि दर्जनौं छन र सबैले समाजवाद भनिरहेका छन् । नारा समाजवादको दिने तर उहीँ संसदीय व्यवस्था भित्रै रुम्मलिरहने कम्युनिस्ट पार्टीहरु भन्दा अलग रहेको नेकपा हो । नेकपाले कुनैपनी हालतमा संसदीय व्यवस्था स्विकार नगर्ने स्पष्ट पारेको छ । संसदीय व्यवस्था असफल सिद्ध भइसकेकाले यसको विकल्पमा जनताले आफ्नो भाग्य र भविष्यको फैसला आफैं गर्न पाउने वैज्ञानिक समाजवादी राज्यसत्ताको वकालत गरिरहेको छ ।

वैज्ञानिक समाजवाद आजसम्मका राज्यव्यवस्थामध्ये सबैभन्दा उत्तम एवम् मानव–हितकारी विशेषताहरू भएको राज्यव्यवस्था भएको नेकपाको बुझाइ छ । वैज्ञानिक समाजवाद पुँजीवादी उत्पादन सम्बन्ध एवम् राज्यव्यवस्थाले समाजमा पैदा गरेका वर्गअन्तर्विरोध, शोषण, उत्पीडनका साथै दमनलाई समाधान दिनका लागि अनुसन्धान गरिएको व्यवस्था हो । यसले समाजवाद–साम्यवादका राजनीतिक, आर्थिक, सांस्कृतिक, सामाजिक सम्बन्धहरूको निर्माण र विकास गर्दछ । नयाँ समाजवादी सम्बन्धहरूद्वारा आजसम्म विद्यमान वर्ग, जाति, धर्मबीचका अन्तर्विरोधहरूलाई समाधान गर्दछ । साथै नयाँ समाज, नयाँ वर्ग, नयाँ अर्थसम्बन्ध एवम् नयाँ मानव जातिको विकास गर्दछ । वैज्ञानिक समाजवादका यी विशेषताहरू पुँजीवादी विशेषताभन्दा अतुलनीय रूपले उन्नत, सभ्य एवम् जनहितकारी छन् । यसरी हेर्दा वैज्ञानिक समाजवाद उत्कृष्ट विशेषताहरू भएको राज्यव्यवस्था भएको विप्लव बताउँछन् ।
सङ्कट र निकास, अन्त्यर्विरोध र समाधानका दृष्टिले नेपालमा वैज्ञानिक समाजवाद अग्रगामी, जनवादी, परिवर्तनकारी एवम् क्रान्तिकारी भएकोमा कुनै द्विविधा नभएको नेकपाको ठम्याइ रहेको छ ।

जनकम्युनमा धान काट्दै पार्टीका महासचिव विप्लव लगाएतका नेता-कार्यकर्ता ।
प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार