दाङमा दुई पालिका र ३९ वडाको नतिजा सार्वजनिक,गठबन्धनलाई पछ्याउँदै एमाले

डेली न्युजराप्ती       २ जेष्ठ २०७९ १५:४८ मा प्रकाशित     268 No Comments


तुलसीपुर, २ जेठ । दाङमा अहिले सम्म दुई पालिकाका र ३९ वडाको नतिजा सार्वजनिक गरिएको छ । जिल्लाका दश पालिका मध्ये ९ पालिकाको मतगणना सुरु भएको थियो ।तुलसीपुर उपमहानगरपालिकाको भने भोली जेठ ३ गते वडा नम्वर १७ को निर्वाचन सम्पन्न भएपछि मात्रै मतगणना सुरु हुने भएको छ । गत बैशाख ३० गते सम्म भएको निर्वाचनको अहिले सम्म बंगलाचुली र राजपुर गाउँपालिकाको नतिजा सार्वजनिक भएको छ । बंगलाचुलीमा गठबन्धनका उमेदवारले विजयी हसाील गरेका छन् ।

गठबन्धन र एमालेका उमेदवारका बिच प्रतिष्प्रर्धा भएको थियो । जसमा गठबन्धनको तर्फबाट अध्यक्षमा माओवादी केन्द्रका तुलसीराम पुन र उपाध्यक्षमा कांग्रेसका भक्त बहादुर जिसी निर्वाचित हुनु भएको छ । यस्तैगरी राजपुर गाउँपालिकामा नेपाली कांग्रेसले विजयी हासील गरेको छ । भरखरै सकिएको मतपरिणाम अनुसार राजपुरको अध्यक्षमा शरद बुढाथोकी र उपाध्यक्षमा धनपती यादव विजयी भएका हुन् ।
अब शान्तिनगर, बबई, दंगीशरण, घोराही, लमही, राप्ती गाउँपालिकाको मतपरिणाम आउन बाँकी रहेको छ ।

बबई, शान्तिनगर र दंगीशरणको मतगणना अन्तिम चरणमा पुगेको खवर प्राप्त भएको छ । यस्तैगरी जिल्लामा अहिले सम्म ३८ वटा वडाको नतिजा सार्वजनिक भएको छ ।जसमा नेपाली कांग्रेसले १४, माओवादी केन्द्रले ११, नेकपा एमालेले १३ र एक जना स्वतन्त्रले वडामा विजयी हासील गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार