नेकपा तुलसीपुर उपमहानगर वडा नं.१०,११,१२ को विस्तारित बैठक सम्पन्न

डेली न्युजराप्ती       ५ भाद्र २०७८ १६:५७ मा प्रकाशित     630 No Comments


हेमन्त वली,दाङ।
नेपाल कम्युनिस्ट पार्टी दाङ जिल्ला अन्तर्गत तुलसीपुर उपमहानगरपालिका वडा नं.१०,११ र १२ को विस्तारित बैठक सम्पन्न भएको छ।
विस्तारित बैठकले वडा नं.१२मा कर्ण बहादुर चौधरी सेक्रेटरी रहनेगरि १२ सदस्यीय वडा कमिटी गठन गरेको छ भने वडा नं. १० मा खिम बहादुर रावत सेक्रेटरी रहने गरि ७ सदस्यीय वडा कमिटी गठन गरेको जनाएको छ।यस्तै तुलसीपुर उपमहानगर-११ मा पहारु चौधरी सेक्रेटरी रहनेगरि ११ सदस्यीय वडा कमिटी गठन गरिएको नेकपा तुलसीपुर उपमहानगरले जानकारी दिएको छ।
विस्तारित बैठक नेकपा तुलसीपुर उपमहानगर इन्चार्ज बिकाशको प्रमुख आतिथ्य,नेकपा दाङ जिल्ला कार्यालय सदस्य तथा घोराहि उपमहानगर इन्चार्ज तिलकको आतिथ्य ,नेकपा बबइ गाउपालिका इन्चार्ज प्रतिरोधको आतिथ्य तथा तुलसिपुर उपमहानगर वडा नं.१०,११ र १२का वडा इन्चार्जहरुको आतिथ्य रहेको थियो।
बैठकको अध्यक्षता वडा नं.११ सेक्रेटरी पहारु चौधरीले गरेका थिए भने कार्यक्रमको सहजीकरण वडा नं.१० सेक्रेटरी खिम बहादुर रावतले गरेका थिए।
वडा नं.१२ सेक्रेटरी कर्ण बहादुर चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमममा प्रशिक्षणात्मक मन्तव्य नेकपा तुलसीपुर उपमहानगर इन्चार्ज बिकाशले राखेका थिए।
कार्यक्रममा मन्तव्य नेकपा घोराही उपमहानगर इन्चार्ज तिलक,तुलसीपुर उपमहानगर वडा नं.१२ का इन्चार्ज अतुल,तुलसीपुर उपमहानगर वडा नं.१० र ११ का इन्चार्ज पोषणले राखेका थिए।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार