१२९औ माओ दिवस: दाङमा युवा संगठन नेपालको अभियान उद्घाटन

डेली न्युजराप्ती       ११ पुष २०७८ १९:०६ मा प्रकाशित     442 No Comments


हेमन्त प्रकाश वली, दाङ। दाङमा १२९औ माओ दिवसको अवसरमा नेपाल कम्युनिस्ट पार्टीको सहायक संगठन युवा संगठन नेपाल दाङको अभियान उद्घाटन कार्यक्रम सम्पन्न भएको छ।
जनमत संग्रहका लागि संगठन सुदृढ तथा बिस्तार अभियान उद्घाटन कार्यक्रमलाइ सम्बोधन गर्दै प्रमुख अतिथि नेकपाका केन्द्रीय समिति सदस्य एवम दाङका इन्चार्ज शितलले माओ दिवसको हार्दिक शुभकामना व्यक्त गर्दै सर्वहारा श्रमजीवी बर्गका महान नेताको माओत्सेतुङको बारेमा चर्चा गर्नुभएको थियो। उहाले कमरेड माओ बिश्व कम्युनिस्ट आन्दोलनको नेतृत्वकर्ता भएको,उत्पीडित बर्गको मुक्तिका लागि बिश्वभरी कम्युनिस्ट आन्दोलन छेडेको र चिनमा जनबादी क्रान्ती सम्पन्न गरि सत्तालाइ वैज्ञानिक समाजवाद-साम्यवादतिर उन्मुख गराउने कदमहरुको खुलेर चर्चा गर्नुभएको हो।
कम्युनिस्ट पार्टीको नेतृत्वमा राष्ट्रबादी शक्तिहरुलाइ केन्द्रित गर्दै जापानी साम्राज्यवादलाई धुलो चटाउन सफल माओ भएको नेता शितलले बताउनुभयो।
एक फरक प्रसंगमा नेता शितलले देशमा साम्राज्यवादिहरुले हमला गरिरहेको बताउनुभयो। उहाले विभिन्न एमसिसी लगाएतका राष्ट्रघाती सन्धी-सम्झौता मार्फत नेपालका प्राकृतिक स्रोत साधन कब्जा गर्दै र नेपाललाइ साम्राज्यवादले रणमैदानको रुपमा प्रयोग गर्न खोजिरहेको शितलको भनाइ थियो। उत्पीडित बर्गले क्रान्तीको बत्ती बाल्नुपर्ने नेता शितलको आह्वान थियो। उहाले भन्नुभयो,” चिनियाँ जनताहरु जब चिनमा जर्याकजुरुक्क उठे बादशाहहरु घोडाबाट पछारिए,नेपालमा उत्पीडित जनसमुदायले पनि मुठ्ठीभर शासकहरुका विरुद्ध संघर्ष छेड्नुपर्छ”। उहाले दलाल संसदीय व्यवस्थाका विरुद्ध क्रान्तिकारी युवाहरुको अभियान केन्द्रित हुने धारणा राख्नुभएको हो। राष्ट्रियता,जनतन्त्र,जनजिविका र सामाजिक बिकृती र बिसंगतिका विरुद्ध संघर्ष गर्न र पार्टीले लिएको प्रगतिशील संयुक्त सरकार ,जनमत संग्रह र वैज्ञानिक समाजवादको कार्यनीति जनतालाइ सुसूचित गर्न जनतामा उत्साहपुर्ण ढंगले जान नेता शितलको आग्रह थियो।

कार्यक्रममा शुभकामना मन्तव्य राख्दै नेकपा दाङका सेक्रेटरी प्रदिपले नेपाली जनताको अधिकार सुनिस्चित गर्ने निर्विकल्प बाटो एकीकृत जाक्रान्तीको बाटो भएको जिकिर गर्भएको थियो। उहाले युवा अभियानले क्रान्ती,परिवर्तन र मुक्तिको सन्देश दिनुपर्ने बताउनुभयो। युवाहरुलाइ राज्यले भोट बैंकको रुपमा प्रयोग गरेको,योजनाबद्ध ढंगले कुलतमा फसाएर दलाल राज्यव्यवस्थाले युवाको जीवन अस्तव्यस्त पारेको बताउदै नेता प्रदिपले वैज्ञानिक समाजवादमा युवाहरूलाई अनिवार्य उत्पादनमा जोडेर श्रमवाट आत्मनिर्भर र समृद्ध देश निर्माणमा जोडिने बताउनुभएको थियो। सम्पुर्ण मुक्तिकामी युवाहरुले देश र जनताको मुक्तिका खातिर एकपटक एकीकृत जनक्रान्ती मार्फत वैज्ञानिक समाजवादी राज्यव्यवस्था स्थापना गर्नुको विकल्प नरहेको नेता प्रदिपको भनाइ थियो।
यस्तै कार्यक्रममा शुभकामना मन्तव्य राख्दै युवा संगठन नेपाल लुम्बिनी प्रदेश इन्चार्ज बिरेन्द्रले राजनीतिक बिकृती बिसंगतिका विरुद्ध क्रान्तिकारी युवाहरुको अभियान केन्द्रित हुने बताउनुभयो। उहाले नेपालमा सबै समस्याको कारण दलाल सत्ता भएकाले भ्रष्ट सत्ताका विरुद्धमा भीषण संघर्ष छेड्न युवाहरुलाइ अपिल समेत गर्नुभएको थियो।
संगठन सुदृढ तथा बिस्तार अभियानको उद्घाटन मैनवत्ती बालेर कार्यक्रमका प्रमुख अतिथि पार्टीका केन्द्रिय सदस्य एवम दाङका इन्चार्ज शितलले गर्नुभएको हो।
कार्यक्रममा नेकपा दाङका कार्यालय सदस्य एवम घोराही नगर इन्चार्ज निर्मल, संगठनका केन्द्रिय सदस्य एवम दाङका इन्चार्ज मनोज,सहिद परिवार समाजका केन्द्रीय सदस्य धर्ती,अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका केन्द्रीय सदस्य संजय,नेपाल गणतान्त्रिक खेलकुद महासंघका केन्द्रीय सदस्य बिबेक,जनपत्रकार संगठन नेपाल दाङका अध्यक्ष हेमन्त प्रकाशको आतिथ्य रहेको थियो।

युवा संगठन नेपालका सह-सचिव अजयको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको अध्यक्षता संगठनका केन्द्रीय सदस्य जिवनीले गर्नुभएको थियो भने सहजीकरण संगठनका जिल्ला सचिव शुदर्शनले गर्नुभएको हो।

अभियान उद्घाटन कार्यक्रममा नेकपा (माओवादी केन्द्र) परित्याग गरि तुलसीपुर उपमहानगरपालिका वडा नं.४ निवासी यज्ञ बहादुर थापाले नेकपा प्रबेश गरेका हुन।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार