साफ च्याम्पियनसिपको फाइनलमा नेपाल पराजित

डेली न्युजराप्ती       ३१ आश्विन २०७८ ०६:४६ मा प्रकाशित     417 No Comments


काठमाडौ। पहिलो पटक साफ च्याम्पियनसिपको फाइनल खेलेको नेपाल भारतसँग पराजित भएको छ । नेपाललाई ३-० गोल अन्तरले हराएको भारतले उपाधि जितेको छ ।

नेपाल उपविजेतामा सिमित रहृयो ।माल्दिभ्सको राजधानी मालेमा शनिबार भएको फाइनलको पहिलो हाफ बराबरीमा सकिएको थियो । तर दोस्रो हाफको सुरुमा नै भारतले लगातार दुई गोल गर्यो । खेलको ४९औं मिनेटमा सुनिल क्षेत्रीले गोल गरे भने एक मिनेट वित्न नपाउँदै सुरेश सिंह वाङजेमले भारतको अग्रता दोब्बर बनाए ।

खेलको इन्जरी टाइममा साहल अब्दुल समदले गोल गर्दै भारतका लागि उपाधि सुनिश्चित गरे ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार