गुरु जजुर इको क्लबको अध्यक्षमा वली मनोनीत

डेली न्युजराप्ती       १४ भाद्र २०८० २०:०२ मा प्रकाशित     1369 No Comments

गुरु जजुर इको क्लबको अध्यक्षमा सलिना वली मनोनीत भएकी छिन् ।

बुधबार इको क्लबका संरक्षक शिक्षक गोपाल बुढाथोकीको अध्यक्षतामा बसेको बैठकले सर्वसम्मत रुपमा सलिना वलीलाई अध्यक्षमा मनोनीत गर्दै अन्य पदाधिकारी समेत मनोनीत गरेको हो ।

क्लबको उपाध्यक्षमा सुष्मा पुन,प्रकाश पुन सचिवमा खुम प्रसाद शर्मा सह-सचीव विनिता घिमिरे कोषाध्यक्षमा इमान वली सदस्य हरुमा रोमासा चन्द , रुपा के सि , तमन्ना वली , टोपबहादुर पुन , करुणा के सि , गरिमा के सि र दिलिप खड्का लाई मनोनीत गरिएको हो।

वातावरण संरक्षण , गुणस्तरीय शिक्षा , हामी सबैको प्रतिबद्धता भन्ने मुल उद्देश्यका साथ २०७८ फागुनमा स्थापना गरिएको उक्त क्लबले बिधालयमा विभिन्न समयमा रचनात्मक क्रियाकलाप गर्दै आएको संरक्षक शिक्षक बुढाथोकीले जानकारी दिनुभएको छ।

बिद्यालयलाई सरसफाइ मुक्त बिद्यालय बनाउन संगै एक अनुशासित विद्यार्थी बनाउन विभिन्न समयमा विभिन्न कालखण्डमा इको क्लबले बिद्यालय सरसफाइ कार्यक्रम , अन्तरक्रिया कार्यक्रम , वृक्षारोपण कार्यक्रम , रक्तदान कार्यक्रम गर्दै बिद्यालय संगसंगै समाजमा सकारात्मक संदेश दिदै आइरहेको पनि उहाले बताउनुभएको हो।

बिद्यालयलाई सरसफाइ मुक्त बिद्यालय बनाउन इको क्लब मार्फत विद्यार्थी भाइबहिनी हरु उत्साहित भएको पनि उहाले बताउनु भएको हो।

यस्तै क्लबका संस्थापक अध्यक्ष केबी वली निवर्तमान अध्यक्ष बिशाल वली लगायत सम्पुर्ण पुर्ब टिमले मनोनीत भएका अध्यक्षसहितका पदाधिकारीलाई बधाई तथा कार्यकाल सफलताको शुभकामना व्यक्त गर्दै आफुहरुबाट हुने सहयोग सधै रहिरहने समेत बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार