हिमाल सफाइ अभियानका सरदार आङकाजी शेर्पाको निधन!

डेली न्युजराप्ती       ९ जेष्ठ २०८० १२:४० मा प्रकाशित     177 No Comments

काठमाडौँ । नेपाली सेनाको नेतृत्वमा चलिरहेको हिमाल सफाइ अभियानका सरदार समेत रहेका आङकाजी शेर्पाको निधन भएको छ । सफा हिमाल अभियान– २०२३ का सरदार शेर्पाको सगरमाथाको दोस्रो शिविरमा सोमबार अचानक निधन भएको हो । विगत तीन वर्षदेखि सफा हिमाल अभियानमा नेतृत्वदायी भूमिकामा रहेका शेर्पा अचानक बेहोस भएपछि निधन भएको जनाइएको छ । उनको शव हेलिकप्टरबाट काठमाडौं ल्याएर परिवारलाई बुझाइएको नेपाली सेनाले जनाएको छ ।
यस्तै, सफा हिमाल अभियान अन्तर्गत सगरमाथा सफाइबाट फर्कने क्रममा निधन भएका फुर्वा शेर्पाको शव पनि परिवारलाई बुझाइएको सेनाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार