रोल्पामा ट्याक्टर दुर्घटना हुँदा रुन्टिगढीका बस्नेतको मृत्यु

डेली न्युजराप्ती       २२ मंसिर २०८२ ११:४८ मा प्रकाशित     114 No Comments

रोल्पा । रोल्पमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । रुन्टिगढी गाउँपालिका–९ का ५२ वर्षका मोहन बस्नेतको मृचयु भएको प्रहरीले जनाएको छ ।

हिजो शनिबार दिउँसो साढे २ बजेतिर रुन्टिगढी गाउँपालिका–९ सखीस्थित भित्री सडक खण्डमा ट्याक्टर अनियन्त्रीत भएर पल्टिएको हो । होलेरीबाट सखी तर्फ जाँदै गरेको लु ३ त ७११६ नम्बरको ट्याक्टर अनियन्त्रित भई सडकबाट करिब १५ मिटर तल खसेपछि चालक बस्नेत गम्भीर घाइते हुनुभएको थियो ।

घाइते बस्नेतलाई उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ल्याइएको थियो । उहाँको उपचारका क्रममा हिजो साँझ ७ बजेतिर मृत्यु भएको जिल्ला प्रहरीले जनाएको छ । मृतक बस्नेतको शव सोही अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार