होली पर्वको अवसरमा मेयर पाण्डेले दिए शुभकामना

डेली न्युजराप्ती       ४ चैत्र २०७८ १०:१७ मा प्रकाशित     306 No Comments


तुलसीपुर, ४ चैत्र । तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख घनश्याम पाण्डेले होली पर्वलाई आपसी सद्भाव, मेलमिलापका रुपमा मनाउनु पर्ने बताउनुभएको छ । होली पर्वको अवसरमा शुभकामना व्यक्त गर्दै अन्यायमाथि न्यायको विजयको शाश्वत सन्देश दिने यो पर्वलाई नेपाली समाजले हरेक वर्ष पारिवारिक स्नेह, सामाजिक सद्भाव, आपसी सहयोग र पारस्परिक एकताको रुपमा मनाउँदै आएको बताउनुभयो ।

‘वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आएको होली पर्व मुलुकलाई शान्ति, एकता, पारस्परिक विश्वास, उच्चतम सामाजिक–नैतिक मूल्य–मान्यता र समृृद्धिको बाटो तर्फ लैजान हामी सबैलाई प्रेरित गरोस् भन्ने शुभ–कामना व्यक्त गर्दछु ।’ पाण्डेद्धारा जारी शुभकामना सन्देशमा भनिएको छ ।
नेपालको पहाड र तराईमा अत्यन्त हर्षोल्लासका साथ खेलिने होली पर्वको अवसरमा उहाँले ‘सम्पूर्ण दाजु–भाइ तथा दिदी–बहिनीहरु’ मा शुख, शान्ति एवं समृद्धिको शुभकामना समेत व्यक्त गर्नुभएको छ ।

तराई क्षेत्रमा आज होली पर्व मनाइँदै:
नेपालको तराई क्षेत्रमा आज होली पर्व मनाइँदै छ । हिजो पहाडी तथा हिमाली जिल्लामा होली पर्व मनाइएको थियो । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावको सन्देश लिएर आउने होली पर्वमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ । होली पर्वको अवसरमा सरकारले आज तराईका जिल्लामा सार्वजनिक बिदा दिएको छ । कोरोना सङ्क्रमणको जोखिम कम भएको कारण यस वर्षको होलीमा विषेश उल्लास छ ।

यसअघिका दुई वर्ष कोरोना सङ्क्रमणको कारण होली पर्व खल्लो भएको थियो । गृहमन्त्रालयले होलीमा कसैको इच्छा विपरित जबर्जस्ती रंग नदल्न, लोला नहान्न आग्रह गरेको छ । मधेस प्रदेशको राजधानी जनकपुरधाममा होलीलाई शान्त र मर्यादित बनाउन मासु तथा मदिराको विक्री वितरणमा स्थानीय प्रशासनले रोक लगाएको छ । जिल्ला प्रशासन कार्यालय धनुषाले विज्ञप्ति जारी गर्दै हिजो र आज जनकपुरधाम क्षेत्रमा मासु तथा मदिरा बिक्रीवितरण तथा सेवन निषेध गरिएको जानकारी दिएको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार