तुलसीपुर, ९ असार । दाङमा चट्याङ लागेर दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दंगीशरण गाउँपालिका ६ का २६ बर्षिय समिर केसी र दंगीशरण गाउँपालिका ३ का ३६ बर्षिय रामनारायण चौधरी रहेको प्रहरीले जनाएको छ ।
केसीको घटनास्थलमै मृत्यु भएको हो भने चौधरीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा मृत्यु भएको हो । मृत दुबैजनालाई खेतबारीमा काम गर्ने क्रममा चट्याङले हानेको हो ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2024 शहिद महान स्मृति संचार गृह प्रा.ली.