नेकपा शान्तिनगर गाउँपालिकाको प्रथम बैठक सम्पन्न , सेक्रेटरीमा प्रेम सी

डेली न्युजराप्ती       २७ माघ २०७९ ११:०४ मा प्रकाशित     209 No Comments

माघ २७/ दाङ । नेपाल कम्युनिस्ट पार्टी पश्चिम दाङ जिल्ला अन्तर्गत शान्तिनगर गाउँपालिकाको प्रथम बैठक सम्पन्न भएको छ ।
बिहिवार सम्पन्न गाउँपालिकाको प्रथम बैठकले प्रेम सीको नेतृत्वमा १५ सदस्यीय गाउँपालिका कमिटी गठन गरेको छ । बैठकले वैज्ञानिक समाजवादका अवधारणाहरु जनतामा व्यापक प्रचारप्रसार गर्ने , मिटरव्याज , चर्को व्याज , भ्रष्टाचार , महंगी , कालोबजारी , लघुवित्त विरुद्ध भण्डाफोर तथा प्रदर्शन गर्ने , राष्ट्रघाती एमसिसी विरुद्ध संघर्ष गर्ने , राज्यलाइ कर नतिर्ने एनसेलको सिम र रिचार्ज कार्ड बिक्रीवितरण कार्य बन्द गर्न क्रियात्मक कार्यक्रम गर्ने ,समाजवादी जनसत्ता घोषणा गर्ने निर्णय गरेको छ ।
यस्तै बैठकले फागुन १ गते बिबिध कार्यक्रमको आयोजना गरि जनयुद्ध दिवस मनाउने , सहिद सप्ताहमा सहिद परिवार अभिनन्दन कार्यक्रम गर्ने , सहिद परिवार , वेपत्ता परिवार र घाइते योद्धाहरुसंग भेटघाट गर्ने लगाएतका महत्वपूर्ण निर्णय गरेको नेकपा शान्तिनगरले जनाएको छ ।

नेकपा शान्तिनगर गाउँकमिटीको प्रथम बैठकका प्रमुख अतिथि नेकपाका केन्द्रीय सदस्य तथा पश्चिम दाङका इन्चार्ज प्रदिप सी , बैठकका अतिथी पश्चिम दाङ जिल्ला सेक्रेटरी निर्मल सी , नेकपा शान्तिनगर गाउँपालिकाका इन्चार्ज सुधार सी , नेकपा पश्चिम दाङ जिल्ला कमिटी सदस्यहरु रेशम सी , पार्टीका जिल्ला सल्लाहकार शुरेश सी सीले मन्तव्य राखेका थिए ।

प्रथम बैठकको अध्यक्षता नेकपा शान्तिनगर गाउँपालिकाका सेक्रेटरी प्रेम सीले सीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार