अमेरिकाले नेपाली जनताको स्वाभिमानलाई डलर, बाइबल र हतियारले किन्न सक्दैन: नेता सबिन

डेली न्युजराप्ती       ६ फाल्गुन २०७८ १८:१७ मा प्रकाशित     504 No Comments


हेमन्त प्रकाश वली। फागुन ६, घोराही। नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य सबिनले अमेरिकाले नेपाली जनताको स्वाभिमानलाइ डलर,बाइबाल र हतियारले किन्न नसक्ने जिकिर गर्नुभएको छ।

शुक्रबार राष्ट्रघाती एमसिसी सम्झौता विरुद्ध नेकपा सहित दाङमा कृयासिल कम्युनिस्ट पार्टी र मोर्चाको आयोजनामा आयोजित संयुक्त बिरोध सभालाइ सम्बोधन गर्दै नेता सबिनले उक्त कुरा बताउनुभएको हो।
बिरोध सभाका प्रमुख वक्ता समेत रहनुभएका नेता सबिनले अमेरिकी साम्राज्यवादले नेपाली स्वाभिमानमाथी नांगो ढंगले हस्तक्षेप गरिरहेको बताउनुभएको थियो। उहाले अमेरिकाले नेपालका केही दलालहरुलाइ खरिद गरेर नेपाली जनतामाथी जबर्जस्त एमसिसी लाद्न खोजेको जिकिर समेत गर्नुभएको हो। उहाले भन्नुभयो,” नेपाली जनताले सहयोग चाहिदैन भन्दाभन्दै जबर्जस्त सहयोग गर्छु भन्ने,केही अमेरिकी डलर डकार्ने दलालहरुलाइ रिझाएर एमसिसी पास गर्ने सपना देख्नु ठूलो भुल हुनेछ।”
नेता सबिनले नेपाली कांग्रेसले पटकपटक नेपाली जनतालाइ धोका दिएको,राष्ट्रघात गरेको बताउदै एमसिसी जबर्जस्त पास गरे नेपाली कांग्रेस पार्टी इतिहासको कुनै पानामा सिमित रहने चेतावनी समेत दिनुभएको थियो।
नेता सबिनले एमसिसी हिन्द प्रशान्त रणनीतिको अभिन्न अंग भएकाले सैन्य रणनीतिसंग जोडिएको सहयोगको नाममा देशलाइ रणभुमी बनाउने परियोजना तत्काल खारेज हुनुपर्ने वताउनुभएको हो। बिश्वमा महाशक्तिको रुपमा उदाउदै गरेको चिनलाइ घेर्ने,नेपालमा रहेका बहुमुल्य खनिज पदार्थको दोहन गर्ने रणनीति सहित अमेरिकी साम्राज्यवादले एमसिसी परियोजना मार्फत नेपालमा घुस्न खोजेको स्पष्ट पार्नुभएको थियो।

यस्तै बिरोध सभामा बोल्दै नेकपा ( क्रान्तिकारी माओवादी) का केन्द्रिय सदस्य एवम दाङका इन्चार्ज समीरले देश इतिहासमै सर्वाधिक संकटबाट गुज्रिरहेको बताउनुभयो। उहाले नेपालमा संसदीय व्यवस्था फेल भएपछि त्यसको फाइदा छोपेर अमेरिकी साम्राज्यवाद नेपाली भुमिमा जबर्जस्त पस्न खोजेको बताउनुभएको हो। उहाले एमसिसी सम्झौता मार्फत अमेरिकाले चिनलाइ घेर् र नेपालमा भएका खनिज पदार्थ युरेनियम लगाएतका प्राकृतिक बहुमुल्य धातुहरु कब्जा गर्ने उदेश्य लिएको समेत बताउनुभएको थियो। नेता समीरले अमेरिकासंग आफुहरु नडराउने समेत स्पष्ट पार्नुभएको थियो। उहाले भन्नुभयो,” हामी अमेरिकी साम्राज्यवादसंग डराउदैनौ बरु डर देउवा,बाबुराम र रामशरण महत जस्ता दलालहरुलाई लागेको छ।” जनतासंग सेना, जनसत्ता र जनअदालत छैन भनेर शासकहरुले हेप्न खोजे जनताको बिचबाट फेरि सत्ता,सेना र अदालत बनाउन कुनै ठूलो विषय नभएको नेता समीरको भनाइ थियो।

बिरोध सभामा बोल्दै राष्ट्रिय जनमोर्चा दाङ जिल्ला सदस्य सुशील पोख्रेलले एमसिसि परियोजनाका विरुद्ध सिंगो देश जुरुक्क उठेको बताउनुभयो। उहाले इतिहासमा नेपाली कांग्रेसले कोशी सम्झौता, गण्डक सम्झौता,टनकपुर सन्धि, महाकाली सन्धी लगाएतका राष्ट्रघाती सन्धीको स्मरण गर्दै पुन: शेर बहादुर देउवाले बाइडेन र ट्रम्पलाई खुशी पार्न एमसिसी सम्झौता मार्फत देश लिलाम गर्न खोजेको बताउनुभएको हो। उहाले कांग्रेसभित्रका इमानदार कार्यकर्ताहरुले नेतृत्वलाई सचेत बनाउन र राष्ट्रिय स्वाधीनताको आन्दोलनमा सहभागी हुन आग्रह समेत गर्नुभएको हो।

बिरोध सभामा बोल्दै अर्का वक्ता राष्ट्रिय जनमोर्चाका केन्द्रिय सम्वनय समितिका सदस्य शसिधर भण्डारीले अमेरिकी साम्राज्यवाद जुन देशमा पस्यो त्यो देशमा सर्वनास भएको जिकिर गर्नुभएको हो। चिन महाशक्तिको राष्ट्रको रुपमा उदय भएपछी सन २००२ देखि एमसिसी मार्फत चीन घेर्न एमसिसी सम्झौता लिएर अमेरिकी साम्राज्यवाद नेपाल प्रवेश गर्न खोजेको उहाको भनाइ थियो। नेपालमा सैनिक अड्डा बनाएर प्राकृतिक स्रोत साधन दोहन गर्ने रणनीति समेत अमेरिकाको रहेको उहाले बताउनुभयो।उहाले भन्नुभयो,” नेपाल गरिव छ तर इतिहासमा कहिलै गुलाम भएन, हामी एमसिसी सम्झौता विरुद्धको लडाइ हार्नेछैनौ बरु एमसिसी सम्झौता पक्षमा मतदान गर्ने सासंदलाई जनताले कालोमोसो दलेर सडकभरी घुमाउने छन।”

यस्तै कार्यक्रममा बोल्दै नेकपा (माले)का पोलिटब्युरो सदस्य माधव केसिले साम्राज्यवादका विरुद्ध आम नेपाली देशभक्त शक्तिहरु आमने सामने भएर लड्नुपर्ने अवस्था आएको बताउनुभएको थियो। दलाल र राष्ट्रघातीले एमसिसी पास गरे राष्ट्र र राष्ट्रियताका लागि मर्न र मार्न तयार भएको उहाको भनाइ थियो।

एमसिसी सम्झौता विरुद्ध विप्लव नेतृत्वको नेकपा सहित नेकपा ( मशाल),नेकपा( क्रान्तिकारी माओवादी), राष्ट्रिय जनमोर्चा,देशभक्त जनगणतान्त्रीक मोर्चा र नेकपा(माले) दाङको संयुक्त आयोजनामा शुक्रवार घोराहीमा बिरोध प्रदर्शन सम्पन्न भएको हो। घोराहीको ट्राफिक चोकबाट सुरु भएको बिरोध प्रदर्शन बजारका विभिन्न चोकहरु परिक्रमा गर्दै तुलसीपुर चोकमा पुगेर बिरोध सभामा परिणत भएको थियो। बिरोध सभाको संचालन क्रान्तिकारी युवा लिगका केन्द्रीय महासचिव भुकम्पले गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार