जातीय विभेद गरी घर भत्काउनेलाई कारबाही गर:श्रमिक समुदाय मोर्चा नेपाल

डेली न्युजराप्ती       १६ श्रावण २०८० ११:०३ मा प्रकाशित     105 No Comments

काठमाडाैँ । श्रमिक समुदाय मोर्चा नेपालले बझाङ जिल्लाको बित्थडचिर गाउँपालिका –७, स्यालढुंगामा एक दलित व्यक्तिले निमार्ण गरिरहको घर केही गैर दलित व्यक्तिहरुले भत्काएको घटना प्रति घोर निन्दा एवम भर्सना गरेको छ । श्रमिक समुदाय मोर्चा नेपाल सेति महाकाली ब्यूरो संयोजक विनु सीले सोमवार एक प्रेश विज्ञप्ति जारी गर्दै पुट्के ओखेडाले २५ वर्ष देखि भोग चलन गर्दै आएको जग्गामा घर बनाउन खोज्दा केही गैरदलित समुदायका व्यक्तिको व्यवहार मध्ययुगीन वर्वर सामन्ती अराजता देखाउदै भत्काउने कार्य गरेको भन्दै घोर निन्दा एवम भत्र्सना गर्नु भएको हो ।
श्रमिक समुदाय मोर्चा नेपालले जारी गरेको विज्ञप्तिमा बाहुन बस्ती नजिकका स्थानीय पुट्के ओखेडाले विगत २५ वर्ष देखि भोगचलन गर्दैआएको जमिनमा निर्माण गरिरहेको घर साउन १० गते कृष्ण जोशी, किन्थे जोशी लगायतका ४० भन्दा बढी गैरदलित स्थानीय व्यक्तिहरुको समूहले भत्काएको उल्लेख गरिएको छ ।
विज्ञप्तिमा भनिएको छ “गैरदलितहरुले घरवालालाई लछारपछार गर्नुका साथै जातीय विभेदजन्य गालीगलौज गर्दै निर्माणाधीन घर भत्काइदिएको र सोही जमिनमा लगाइएको मकैबाली समेत नष्ट गरी अमानवीय र दमनकारी घटना घटाएको प्रति हाम्रो मोर्चाको गम्भीर ध्यानाकर्षण भएको छ । उक्त घटनाको हामी घोर निन्दा एवं भत्सर्ना गर्दछौं ।”
मोर्चाले सार्वजनिक जग्गामा घर बनाएको भए प्रहरी प्रशासनको माध्यमवाट छलफल गर्न सकिने प्रशस्त सम्भावना हुदाहुदै पनि मध्ययुगीन बर्बर, सामन्ती, अराजक हुलदङ्गा गर्ने तरिकाले घर भत्काईनु, विभेदजन्य गालीगलौज गर्नु, लछारपछार गर्नु र बालीनाली समेत नष्ट गर्नु कुनै पनि तरिकाले जाहेज नभएको विज्ञप्तिमा उल्लेख गरेको छ ।

मोर्चाले पीडित परिवारलाई यथाशिघ्र क्षतिपूर्तिको व्यवस्था गर्नु पर्ने र घटनाका दोषिहरुलाई कडा कार्वाही गर्नु पर्ने सरकारसंग माग गरेको छ ।

मोर्चाले आफ्नो माग प्रति वेवास्ता गरिए कडा संघर्ष गर्न वाध्य हुने र त्यसवाट उत्पन्न हुने परिस्थितिको जिम्मेवार सम्वन्धि पक्ष हुनुपर्ने चेतावनी समेत दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार