५५ लाख नगदसहित दुई जना पक्राउ

डेली न्युजराप्ती       १३ चैत्र २०७८ १९:५२ मा प्रकाशित     279 No Comments


काठमाडौं १३ चैत । महोत्तरीबाट ५५ लाख नगदसहित दुई जना पक्राउ परेका छन्। आइतबार बिहान पौने १० बजे औरही नगरपालिका(१ औरहीबाट दुई जनालाई सो रकमसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कृष्ण पंगेनीले जानकारी दिए । बर्दिबास(जलेश्वर सडकखण्डमा ज ९ प ८२४७ नम्बरको मोटरसाइकललाई रोकेर प्रहरीले चेक गरेको थियो। त्यसमा सवार सोही नगरपालिका वडा नम्बर २ बस्ने २१ वर्षीय धिरजकुमार यादव र १८ वर्षीय रामशरण यादवलाई पक्राउ गरेको पंगेनीले बताए। धिरजकुमारले बोकेको कालो कपडाको झोलामा ५५ लाख नगद बरामद भएको उनले बताए। बरामद भएको रकममा एक हजार दरका ४५ थान र पाँच सयका दुई हजार थान नगद छन्। स्रोत खुलाउन नसकेपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। उनीहरूमाथि थप अनुसन्धान गर्न भन्सार कार्यालय जलेश्वरमा पठाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार