पत्रकार गणेश आचार्यलाई कति बोतल रक्सी चाहिन्छ भन्दै सांसदका पिए विकले स्टाटस लेखेपछि…

डेली न्युजराप्ती       ७ जेष्ठ २०७९ १३:४९ मा प्रकाशित     634 No Comments

न्युजराप्ती संवाददाता।
बैशाख ७,तुलसीपुर। पत्रकार गणेश आचार्यले राष्ट्रिय सभा सांसद जगप्रसाद शर्मा ´अपार`का पिए हिरा विकले तुलसीपुर उपमहानगरपालिकाको मतगणना भइरहेको सरकारी वकिलको कार्यालयमा मदिरा सेवन गरेर मतगणना स्थलमा प्रवेश गर्न खोजेपछि प्रहरीले राष्ट्रिय सभा सांसदका पिएलाई गेटबाटै फर्काइदिएको समाचार लेखेपछी तरंग पैदा भएको छ।
प्रदेश अनलाइनबाट प्रकाशित उक्त समाचारप्रती सांसद अपारका पिए विकले आपत्ति जनाएका छन।
पत्रकार गणेश आचार्य प्रदेश अनलाइनका संचालक एवम प्रधान सम्पादक समेत हुन।

दाङका राष्ट्रिय सभा सांसद जगप्रसाद शर्मा ´अपार` पिए हिरा विकले सामाजिक संजालमा एउटा स्टाटस लेख्दै
पत्रकार मित्र गणेश आचार्य कुन स्तरका पत्रकार हुन र उनलाइ कति बोतल रक्सी चाहिन्छ तस्बिरहरु हेरे काफि हुन्छ भन्दै सामाजिक संजालमा प्रश्न गरेका छन।

राष्ट्रिय सभा सांसद जगप्रसाद शर्मा ´अपार`का पिएले लेखेको स्टाटस यस्तो छ:
पत्रकार मित्र गणेश आचार्य कुन स्तरका पत्रकार हुन र उनलाइ कति बोतल रक्सी चाहिन्छ तस्बिर हरु हेरे काफि हुन्छ!
मेरा बारेमा जुन हद नाघेर समाचार लेखेका छ्न मलाइ लाग्छ यस्ले मलाइ ठुलै असर गर्छ जस्तो लाग्दैन !किन कि म उनले समाचारमा भने अनुसार को स्थान र सममा त्यो ठाउमा थिएन र मलाइ प्रहरी द्वारा कुनै पनि मेसिन ले चेकप गरिएको कुरा सत्य होइन !त्यसैले यस्को जवाफ मैले दि रहनु पर्छ जस्तो लाग्दैन !
तैपनि यहाँ हरुलाइ भ्रम नहोस विनम्र अनुरोध गर्न चाहान्छु!!

पत्रकार गणेश आचार्यले बैशाख ६ गते लेखेको समाचार यस्तो छ:
माओवादी सांसदका पिए मापसे गरेर मतगणना स्थलमा छिर्न खोजेपछि…
दाङ । मदिरा सेवन गरेर मतगणना स्थलमा प्रवेश गर्न खोजेपछि प्रहरीले राष्ट्रिय सभा सांसदका पिएलाई गेटबाटै फर्काइदिएको छ । दाङका राष्ट्रिय सभा सांसद जगप्रसाद शर्मा ´अपारका पिए हिरा विक ´सारथी तुलसीपुर उपमहानगरपालिकाको मतगणना भइरहेको सरकारी वकिलको कार्यालयमा प्रवेश गर्न खोज्दै थिए ।
गेटमा ब्रेथलाइजरले मापसे चेक गर्दा मदिरा सेवन गरेको पुष्टि भएपछि प्रहरीले उनलाई बिहिवार राति भित्र प्रवेश गर्न नदिएको हो । उनी गेटबाटै फर्केका थिए ।
तुलसीपुरको मतगणना स्थलमा प्रहरीले मापसे चेकजाँच गर्दै आएको छ । प्रहरीले मदिरा सेवन गरेका दलका प्रतिनिधि र उम्मेदवारलाई गेटबाट भित्र पस्न बन्देज लगाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार