८औ पार्टी पुनर्गठन दिबस: नेकपा दाङद्वारा दिप प्रज्वलन

डेली न्युजराप्ती       ८ मंसिर २०७८ १९:२६ मा प्रकाशित     513 No Comments


हेमन्त प्रकाश वली,दाङ। नेपाल कम्युनिस्ट पार्टी दाङले बुधबार पार्टी पुनर्गठन दिबसको अवसरमा जिल्लाभरी दिप प्रज्वलन र शुभकामना आदानप्रदान मार्फत पार्टी पुनर्गठन दिबस उत्सबको रुपमा मनाएको छ।

मंसिर ६ गतेदेखी मंसिर ८ गतेसम्म नेकपाले देशव्यापी पार्टी पुनर्गठन दिबसको अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरि पार्टी पुनर्गठन दिबस मनाउदै आएको हो।
यस्तै नेकपा दाङले मंसिर ६ गते पार्टी पुनर्गठन दिबसको अवसरमा घोराहीमा मोटरसाइकल र्याली सम्पन्न गरेको थियो भने मंसिर ७ गते नेकपाले विभिन्न खेलकुद प्रतियोगिताको आयोजना गरि पार्टी पुनर्गठन दिबस मनाएको हो। यस्तै बुधबार नेकपा दाङले ८औ पार्टी पुनर्गठन दिबसको अवसरमा जिल्लाका मुख्य सहरहरु घोराही,तुलसीपुर,लमही,भालुबाङ,गढवा,राजपुर,शान्तिनगर,दंगिशरण गाउपालिका,बबई गाउपालिकाको हापुरे चोकमा दिप प्रज्वलन,ठाउठाउमा झण्डा व्यानर प्रदर्शन लगाएत नेता-कार्यकर्ताहरुले एक आपसमा अबिर आवरण गर्दै शुभकामना आदानप्रदान गरि पार्टीको पुनर्गठन दिबसलाई उत्सबका रुपमा मनाइएको नेकपाले जनाएको छ।

पार्टीका नेता-कार्यकर्ताहरुलाइ अबिर लगाएर पार्टी पुनर्गठन दिबसको शुभकामना नेकपाका केन्द्रीय सदस्य एवम दाङ जिल्ला इन्चार्ज शितल,नेकपा दाङ जिल्ला सेक्रेटरी प्रदिप,युवा संगठन नेपालका केन्द्रिय अध्यक्ष पाटन लगाएतका नेताहरुले शुभकामना व्यक्त गर्नुभएको थियो।

यस्तै नेकपा तुलसीपुर उपमहानगर कमिटीले तुलसीपुरको बिरेन्द्र चोकमा आयोजना गरेको दिप प्रज्वलन कार्यक्रममा पार्टी पुनर्गठन दिबसको शुभकामना व्यक्त गर्दै नेकपा बिशेष कमिटी सदस्य बिक्रमले दिप प्रज्वलनमा बलिरहेको बत्ती क्रान्तीको बत्ती भएको बताउदै यसलाइ कुनैपनी हालतमा निभ्न नदिने जिकिर गर्नुभयो।

उहाले आफुहरुले नेपालमा चलिरहेको असफल संसदीय व्यवस्थालाइ ध्वस्त पारेर जनताको आफ्नै व्यवस्था वैज्ञानिक समाजवाद प्राप्तिका लागि पार्टी पुनर्गठन गरेको समेत स्पष्ट पार्नुभयो।
दिप प्रज्वलन कार्यक्रमको सहजीकरणअखिल(क्रान्तिकारी) का केन्द्रीय समिती सदस्य एवम दाङ जिल्ला अध्यक्ष अमरले गर्नुभएको थियो।

यस्तै नेकपा घोराहि उपमहानगर कमटिले नगरको रामपुर,गोग्ली,सौडिकुला,तुलसिपुर चोक लगाएतका ठाउहरुमा दिप प्रज्वलन गरेको नेकपा घोराही उपमहानगर कमिटीका इन्चार्ज तिलकले जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार