हेमन्त प्रकाश वली ।
असार ५ , तुलसीपुर । विप्लव सी नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी दाङले राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको अनुगमन गरेको छ ।
बुधबार पार्टीका नेताकार्यकर्ताहरुले अस्पतालको अनुगमन गर्दै बिरामीहरुलाई प्रोटिनयुक्त जुस वितरण गरेका हुन् ।
अस्पतालका विभिन्न वार्डहरुमा उपचार गराईरहेका विरामीहरु , बिरामीका कुरुवा एवम अन्य सेवाग्राहीहरुसंग सोधपुछ गर्दै पार्टीले प्राप्त सल्लाह , सुझाव एवम गुनासोहरुलाई अस्पताल प्रशासन समक्ष समेत राखेको थियो ।
नेकपाले केन्द्रीय सदस्य एवम दाङ क्षेत्र नं. ३ का इन्चार्ज प्रदिप सीले अस्पतालमा समस्याका चाँङ नलागेपनी अझै थुप्रै कुरा व्यवस्थापन गर्नुपर्ने जिम्मेवारी रहेको बताए ।
उनले भने– ‘ हामिले यहाँ प्रत्यक्ष रुपमा बिरामीहरु , बिरामीका कुरुवाहरु एवम प्रतिनिधिमुलक ढंगले सेवाग्राहीसंग बुझ्दा त्यतिधेरै गुनासो प्राप्त गरेका छैनौं तर केही रचनात्मक सुझाबहरु पाएका छौँ । यहाँ व्यवस्थापनको समस्या छ । स्वास्थ्य बिमा , छिटोछरितो सेवा प्रवाह , काउन्टरको भिडभाड लगाएतका समस्याहरु रहेका छन् ती हल गर्नुपर्ने हुन्छ ।’
अस्पतालको बृहतर विकासका लागि हामी हातेमालो गर्नेछौं ।’, नेकपा दाङका सचिव तिलक सीले भने , ‘हामी यो अस्पतालको बृहतर हित र विकासका लागि हातेमालो गर्न प्रतिबद्ध छौँ । यहाँ समस्या नभएका होइनन् , पुरै समस्या मात्रै छन् , सम्भावना को कुरै छैन त्योपनी सत्य होइन । यहाँ स-साना व्यवस्थापनका समस्याहरु धेरै छन्। शौचालय देखि डाक्टरहरुको छिटोछरितो पहलकदमि , सरसफाइ , आवश्यक जनशक्ती र उपकरणको समस्या भएकाले बिरामीको स्वास्थ्यसंग खेलवाड हुन्छ त्यसैले यी तमाम समस्याहरु छिटो हल गर्नुपर्छ ।’
यस्तै नेकपाका प्रतिनिधिसंग कुरा गर्दै अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु)ले पदमराज अधिकारीले अस्पतालमा देखिएको जनशक्ति अभाव , अस्पतालमा आईसियीको व्यवस्थापन र अस्पताललाई कम्तिमा २०० सय बेड क्षमताको बनाउनका लागि पार्टीको तर्फबाट पहल गरिदिन आग्रह गरेका थिए ।
यस्तै अस्पतालका अध्यक्ष पदम प्रसाद न्यौपानेले सबैको सहकार्यबाट अस्पताललाई उत्कृष्ट बनाउन सकिने बताएका थिए ।
अस्पतालमा जनशक्ती र उपकरणको अभावले गर्दा जटिलता पैदा भएकाले नेकपाले राज्यलाई सकारात्मक पहल गरिदिन समेत आग्रह गरेका थिए ।
उनले भने – ‘ तपाइँहरुका सुझाव मननयोग्य छन् । हामिले तपाईंको पार्टीले दिएका सुझावलाई सकारात्मक रुपमा ग्रहन गरेका छौ । मुख्य कुरा अस्पतालमा जनशक्ती र उपकरणको अभाव पुर्तीका लागि राज्य जिम्मेवार बनिरहेको छैन् । हामी सबैको सहकार्यबाट अस्पताललाई राम्रो बनाउने गरि सोचेका छौँ । यहाँका समस्याहरु समाधानका लागि हामी तपाइँहरुलाई र तपाइँको पार्टीलाई आग्रह गर्छौ ।’
यस्तै अस्पताल अनुगमनको क्रममा पार्टीले करिव १०० जना बिरामीलाई प्रोटिनयुक्त जुस समेत वितरण गरेको थियो ।
नेकपा दाङका सेक्रेटरी तिलक सीले अस्पतालको विकासका लागि पार्टी प्रतिबद्ध रहेको साथै राज्यलाई पार्टीको तर्फबाट पहल गर्ने समेत बताएका थिए ।
नेकपाका केन्द्रीय सदस्य एवम दाङ २ नं. निर्वाचन क्षेत्र इन्चार्ज प्रदिप सीको नेतृत्वमा पार्टीका जिल्ला सेक्रेटरी तिलक सी , पार्टीका जिल्ला नेता रुद्र सी लगाएत पार्टीका तुलसीपुर उपमहानगर कमिटी अन्तर्गतका नेताकार्यकर्ताको उपस्थितिमा अस्पतालको अनुगमन एवम विरामीहरुलाई जुस वितरण गरिएको थियो ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.