साउन २९,तुलसीपुर। नेपाल कम्युनिस्ट पार्टी शान्तीनगर गा.पा.वडा नं.३ र ४ को वडा भेला सम्पन्न भएको छ।
नेकपा शान्तिनगर गाउपालिकाका इन्चार्ज बिजयको प्रमुख आतिथ्य,नेकपा दाङ जिल्ला सदस्य द्वय प्रेम विक र रेशम बिकको बिशेष आतिथ्यमा भेला सम्पन्न भएको हो।
वडा भेलाले वडा नं.३ मा शान्ती परियारलाई सेक्रेटरी चयन गर्दै १५ सदस्यीय वडा कमिटी चयन गरेको छ भने वडा नं.४ मा धन बहादुर केसिलाई सेक्रेटरी चयन गर्दै ७ सदस्यीय वडा कमिटी चयन गरेको नेकपा शान्तिनगर गाउपालिकाले डेलिन्युजराप्तीलाइ जानकारी दिएको छ।
वडा भेलाको संचालन वडा नं.४ का वडा सेक्रेटरी धन बहादुर केसिले गरेका थिए।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.