२०८४ को चुनावलाई समाजवादी मिसनमा बदलेर प्रयोग गर्ने नेकपाको निर्णय

डेली न्युजराप्ती       १८ बैशाख २०८१ १५:५३ मा प्रकाशित     167 No Comments

काठमाडौं । नेत्रविक्रम सी ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आगामी ०८४ को निर्वाचनलाई समाजवादी मिसनमा बदलेर प्रयोग गर्ने निर्णय गरेको छ।

वैशाख ५–९ गतेसम्म कपिलवस्तुमा बसेको केन्द्रीय कमिटी बैठकको निर्णय सुनाउँदै महासचिव विप्लवले चुनाव सरकार सदनको कुरा नभएको बताएका हुन् । 

“चुनावलाई २०औं शताब्दीको संसदीय कोणबाट मात्रै हेर्नुहुँदैन । २१औं शताब्दीको विशेषता, अहिलेका विभिन्न खालका प्रवृत्तिहरू नयाँ वर्ग, विकास भएको प्रविधि ज्ञान, चरित्रबाट नापेर चुनावलाई समाजवाद प्राप्तिको एउटा अभियानमा बदल्न सकिन्छ । बदल्ने गरी सोच्नुपर्छ,” निर्णयबारे विप्लवले भने, “केवल चुनाव सरकार सदनको कुरा मात्रै होइन कि समाजवाद निर्माणका लागि अभियानात्मक ढंगले सञ्चालन गर्नुपर्छ ।”

उनले संघर्षको नयाँ मोर्चाको रूपमा देशलाई समाजवादमा लैजाने गरी चुनावको प्रयोग गर्नुपर्छ भन्ने निष्कर्ष सुनाए ।

यस्तै पाँचौ पुर्ण बैठकपछिको प्रेस वक्तव्य जारी गर्दै नेकपाले विश्व शान्तीका लागि सन्देश दिन जेठ ७ गते काठमाडौंमा जनप्रदर्शन गर्ने निर्णय पनि गरेको छ ।

जारी प्रेस वक्तव्यमा पार्टीको तेस्रो  ६ महिने आवधिक योजना बैशाख २५ गतेबाट अभियानात्मक ढंगले सुरु गर्ने , नेपाली बिशेषताको समाजवादका लागि चार मित्र शक्ति ( कम्युनिस्ट , समाजवादी , देशभक्त , लोकतान्त्रिक गणतन्त्रवादी ) ,चार मित्र वर्ग ( किसान , मजदुर , मध्यम वर्ग र राष्ट्रिय पुजिपति वर्ग ) , ६ समुदाय ( खसआर्य , जनजाती , मधेसी , श्रमिक समुदाय , महिला , मुस्लिम ) लाई एकतावद्ध गर्ने निर्णय गरेको स्पष्ट गरिएको छ ।

यस्तै नेकपाको केन्द्रीय समितिको पाँचौ पुर्ण बैठकले माओवादी धाराका बिचमा राजनीतिक कार्यदिशा , संगठन , संघर्ष , सांस्कृतिक विषयमा छलफल गरेर उपयुक्त समयमा एकता गर्ने निर्णय लिएको छ ।

संसदीय व्यवस्थालाई नेपाली बिशेषताको समाजवादमा परिवर्तन गर्न सम्भव सबै तरिका र माध्यमहरुलाई प्रयोग गर्ने , पार्टीलाई केन्द्र , प्रदेश , जिल्ला , निर्वाचन क्षेत्र , नगर र वडाको संरचनामा संगठित र परिचालन गर्ने , बिदेशमा रहेका युवाहरुलाई अनलाईन मार्फत संगठनको सम्पर्कमा ल्याउने ,  एमसीसीलाई नेपालको कानुनी व्यवस्थाभित्र ल्याउन संघर्ष गर्ने निर्णय समेत गरेको जारी प्रेस वक्तव्यमा उल्लेख गरिएको छ ।

बैठकले मिटरव्याज , लघुवित्तका समस्या , सुकुम्बासी , बाढीपिडित , ऐनसेलको करछली , मानव तस्करी , महिला हिंसा , बालबालिका शोषण , श्रमिकमाथीको विभेद र दमन विरुद्ध संघर्ष गर्ने , जनताका आधारभुत आवश्यकताका मुद्दामा पार्टीले नेतृत्व गर्ने , श्रम र उत्पादनका लागि असार १० गतेदेखि ३० गतेसम्म बिदा दिने , पार्टीले सञ्चालन गरेका सहकारीमा सरकारसंगको सहकार्य अगाडि बढाउने , सरल जीवन र कडा मेहनतको सी संस्कृतिलाई पार्टी नेताकार्यकर्ताले लागू गर्ने , धार्मिक अन्धबिश्वास विरुद्ध बिज्ञानको प्रचारमा जोड दिने , सामना परिवार सहित संगित अभियात्रालाई सहयोग गर्ने , जनताको मौलिक एवम प्राकृतिक संस्कृतिहरुलाई सहयोग पुर्याउने , पार्टीका प्रकाशनहरुलाई नियमित प्रकाशन गर्ने , पार्टीले सहिद परिवार , घाइते योद्धा , बेपत्ता परिवार एवम राजबन्दीहरुका परिवारसंग सजिव सम्बन्ध राख्ने र सहयोग गर्ने लगाएतका महत्त्वपूर्ण निर्णय गरिको प्रेस वक्तव्यमा स्पष्ट गरिएको छ ।

यस्तो छ प्रेस वक्तव्यको पुरापाठ:-

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार