अनिल केसी ।
नेपाल कम्युनिस्ट पार्टी निकट अखिल(क्रान्तिकारी) का केन्द्रीय अध्यक्ष प्रकाश सी,सचिव प्रकाश सी सहित आज काठमाडौ जिल्ला अदालत परिसर बाट गिरफ्तार १२ नेता कार्यकर्ता रिहाई भएका छन् ।
नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै करोडौं रकम असुलेको आरोपमा पक्राउ परेका भिआइपीहरु बालकृष्ण खाँड,टोप बहादुर रायमाझी ,टेक नारायण पाण्डे लगायतको मुद्दा जिल्ला अदालतमा फैसला हुने भनी तोकिएको थियो ।मुद्दा फितलो बनाएर दोषी लाई उम्काउन चलखेल भैरहेको भन्दै अखिल (क्रान्तिकारी)ले दोषी लाई कडा कार्वाही गर्न दबाब स्वरुप खबरदारी कार्यक्रमको आयोजना गरेको थियो।
खबरदारी कार्यक्रम सुरु भएको केही समय पछि प्रहरीले दमन,धरपकड र लाठी चार्जगरि कार्यक्रम स्थलबाट अखिल (क्रान्तिकारी)का अध्यक्ष प्रकाश सी,सचीव प्रकाश सी,कार्यक्रम सदस्य अटल ,केन्द्रीय सचिवालय सदस्य हरु अनिल,तारा,लोकेश,डिवि,केन्द्रीय सदस्य हस्त,काठमाडौ k4 जिल्ला संयोजक बजिर,RR क्याम्पस अध्यक्ष जगदिस,शंकरदेव क्याम्पस अध्यक्ष समीर,काठमाडौ k1 जिल्ला कोषाध्यक्ष चेतन लाई गिरफ्तार गरेर प्रहरी वृत्त सिंहदरबार पुर्याएर ८ घन्टा पछि रिहाई गरेको हो।
गिरफ्तार नेता-कार्यकर्ता रिहाई पछि पार्टी स्थायी कमिटी सदस्य तथा फ्र्याक्सन इन्चार्ज शिलु द्वारा स्वागत गरिएको हो । गिरफ्तार नेता कार्यकर्ता रिहाई पछि पार्टी स्थायी कमिटी सदस्य तथा फ्र्याक्सन इन्चार्ज शिलु ले भब्य स्वागत गर्नु भएको संगठनले जनाएको छ । स्वागत कार्यक्रममा पार्टी केन्द्रीय सदस्य तथा युवा संगठन नेपालका अध्यक्ष पाटन ,पार्टी केन्द्रीय सदस्य तथा अखिल क्रान्तिकारीका उपाध्यक्ष नरेन्द्र सी,पार्टी केन्द्रीय सदस्य दिनेश लगायतको सहभागीता रहेको थियो ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.