बर्दियाः नेपाल कम्युनिष्ट पार्टि बर्दियाले संचालन गरेको जनएकता अभियानले नेपाल भारत दशगजा सीमा क्षेत्रको अवलोकन गरेको छ । जिल्लाको बढैयाताल गाउँपालिका वडा नं.२ मा पर्ने नेपाल भारत दशगजा सीमा क्षेत्रको अवलोकन गरेको हो ।
सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरीबलका जवानको सहयोगसहित अभियान टिमले सीमा क्षेत्रको अवलोकन गरेको हो । सशस्त्र प्रहरी बलका पोष्ट इन्चार्ज पोषण बस्नेत लगायतको सुरक्षा टिमसँग अभियान टिमले समसामयिक पछिल्लो राजनीति विषयकावारेमा छलफल समेत गरेको छ ।
सीमा सुरक्षाको लागि आफ्नो पार्टी जस्तो सुकै कदम चाल्न तयार रहेको भन्दै सुरक्षाकर्मीहरुलाई भारतीय हस्तक्षेपमा नझुक्न अभियान टिमले सुझाव दिएको छ ।
प्रतिउत्तरमा सशस्त्र प्रहरी बलका पोष्ट इन्चार्ज पोषणले सीमा रक्षामा आफु प्रतिबद्ध रहेको र नेकपासँग सीमा रक्षाका लागि सहकार्य गर्न तयार भएको बताएका छन् ।
सो अवसरमा अभियान टिम प्रमुख शितलले अब देशका हरेक सुरक्षा निकायहरुले पनि वैज्ञानिक समाजवाद र जनमतसंग्रहको विषयमा बोल्नु पर्ने बताए ।
यसैबिच अभियान टिमले बढैयातालमा रहेको पार्टीकै जमिनमा श्रमदान गरेको छ ।
स्रोत: eratokhabar
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.