काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय प्रतिनिधि समिति सदस्य जनक सीका बुवा बलबहादुर सीको निधनप्रति नेकपाले दुःख व्यक्त गरेको छ । नेकपा महासचिव विप्लव सीले बुधबार शोक वक्तत्य जारी गर्दै उनको निधनप्रति दुःख व्यक्त गरेका हुन् ।
‘हाम्रो पार्टीका पुरानो इमान्दार पार्टी सदस्य कमरेड ७४ वर्षको उमेरमा यहि माघ ७ गते उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पताल तुलसीपुर दाङमा भएको निधनले हामीलाई मर्माहत बनाएको छ ।’, शोक वक्तव्यमा भनिएको छ, ‘लामो समयदेखि दम रोगबाट पीडित उहाँको निधनले पार्टी र क्रान्तिलाई गम्भीर क्षति पुग्न गएको छ । हामी दिवंगत कमरेड बलबहादुर सीप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै उहाँको शोकाकुल परिवार र आफन्तजनप्रति गहिरो समवेदना प्रकट गर्दछौं ।’
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.