दाङ, १०। नेपाल कम्युनिस्ट पार्टी (माओवादी)ले विगत केही वर्षयता दाङसहित देशका विभिन्न क्षेत्रमा जनमुखी गतिविधि सञ्चालन गर्दै आएको छ।
जनताको आधारभूत अधिकार, सुशासन, भ्रष्टाचारविरुद्धको अभियान र उत्पादनमुखी कार्यक्रमलाई प्राथमिकता दिँदै पार्टीले स्थानीय तहमा संगठन सुदृढीकरणदेखि सामाजिक सेवासम्मका काम अघि बढाएको दाबी गर्दै आएको छ।
यही जनआधार र जनविश्वासलाई साथ लिएर दाङ–३ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार बनेका बलबहादुर ओली (शितल) यतिबेला घरदैलो अभियानमा व्यस्त छन्।
स्थानीय किसान, युवा, श्रमिक र महिला समूहसँग प्रत्यक्ष संवाद गर्दै उनले “राजनीति सेवा र परिवर्तनका लागि” हुनुपर्ने धारणा राख्दै आएका छन्।
जनमुखी अभियान र सामाजिक योगदान
विप्लव नेतृत्वको माओवादीले विभिन्न चरणमा भ्रष्टाचार र कालोबजारीविरुद्ध आवाज उठाउँदै आएको छ।
साथै, विपद्को समयमा राहत संकलन तथा वितरण, किसानका समस्या उजागर गर्ने कार्यक्रम, तथा रोजगारी र उत्पादनमा जोड दिने अभियानमार्फत जनतासँग नजिकिने प्रयास गरेको छ।
शितलले पनि दाङ–३ मा सडक, सिंचाइ, शिक्षा र स्वास्थ्य जस्ता आधारभूत पूर्वाधारमा सुधार आवश्यक रहेको बताउँदै आएका छन्। उनले स्थानीय उत्पादनलाई बजारसँग जोड्ने, युवालाई स्वदेशमै रोजगारी सिर्जना गर्ने र पारदर्शी शासन प्रणाली स्थापना गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
स्थानीयस्तरमा लामो समयदेखि सामाजिक तथा राजनीतिक गतिविधिमा सक्रिय शितललाई उनका समर्थकहरूले इमानदार, संघर्षशील र स्पष्ट धारणा भएका उम्मेदवारका रूपमा चित्रित गरेका छन्। गाउँ–टोलमा पुगेर जनताको समस्या सुन्ने र समाधानका लागि पहल गर्ने शैलीले उनलाई जनताको नजिक पुर्याएको समर्थकहरूको दाबी छ।
दाङ–३ मा यसपटक प्रतिस्पर्धा कडा भए पनि “परिवर्तन र स्वाभिमानको आवाज”का रूपमा शितललाई जिताउनुपर्ने आवाज उनका समर्थकबीच बलियो बन्दै गएको छ।
आगामी निर्वाचनमा मतदाताले विकास, सुशासन र जनमुखी नीतिलाई आधार मानेर मतदान गर्ने विश्वास व्यक्त गर्दै शितलले दाङ–३ लाई नमुना निर्वाचन क्षेत्र बनाउने प्रतिबद्धता जनाएका छन् ।
संसदीय निर्वाचनमा पहिलोपटक होमिएका उम्मेदवार ओलीको चुनाव चिन्ह गोलाकार घेराभित्र रहेको गुलाफको फुल हो ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2026 शहिद महान स्मृति संचार गृह प्रा.ली.