आहुतीको बिज्ञप्तिमा नेता भरतको टिप्पणी– ‘वस्तुगत अवस्थाबाट भाग्ने प्रवृतीको नेतृत्व गर्दछ’

डेली न्युजराप्ती       २६ जेष्ठ २०८० १५:१५ मा प्रकाशित     271 No Comments

हेमन्त प्रकाश ओली । जेष्ठ २६ , दाङ । नेपाल कम्युनिष्ट पार्टीका पिबिएम भरत सीले आहुति नेतृत्वको कम्युनिस्ट पार्टीले जारी गरेको वक्तव्यको टिप्पणी गरेका छन् ।
नेता भरतले सामाजिक संजाल फेसबुकमा एक स्टाटस लेख्दै बिज्ञप्तीले कथित सैद्धान्तिक शुद्धताको नाममा वस्तुगत आवश्यकताबाट भाग्ने प्रवृत्तिको नेतृत्व गर्ने बताएका छन् ।

उनले लेखेका छन् – ‘आजको बदलिएको स्थितिमा समाजवादी देशभक्त मोर्चाको व्यापक सुदृढीकरण र विस्तारको आवश्यकता छ । तर यो बिज्ञप्तीले कथित सैद्धान्तिक शुद्धताको नाममा त्यो वस्तुगत आवश्यकताबाट भाग्ने प्रवृत्तिको नेतृत्व गर्दछ । नेकपाले समस्या देखाउने मात्रै होईन समाधानको मार्गचित्र दिएको छ र नेतृत्वदायी पहलकदमी पनि लिनेगरी सोचेको छ । क्रान्ति भनेको भासण गर्नु , चित्र कोर्नु र भोजभतेर गर्नु जस्तो कदापि हुदैन । सबैलाई चेतना भया ।’

यता आहुती नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालले हिजो बिहिवार एक प्रेस बिज्ञप्ति जारी गर्दै विप्लव नेतृत्वसहितको देशभक्त समाजवादि मोर्चाबाट अलग भएको घोषणा गरेको थियो । सो पार्टीले विप्लव नेतृत्वको नेकपाले साम्राज्यवादको अतिक्रमणका विरुद्ध कम्युनिस्टहरुको बृहत् मोर्चा बनाएर अघि वढ्ने निर्णय ठिक नभएको भन्दै मोर्चाबाट बाहिरिएको उल्लेख गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार