उपमेयरमा विजयी भएमा सरकारी सुविधा लिदैन : खेमराज वली

डेली न्युजराप्ती       १७ बैशाख २०७९ १३:५८ मा प्रकाशित     382 No Comments


तुलसीपुर, १७ बैशाख । स्वतन्त्रबाट तुलसीपुर उपमहानगरपालिका उपमेयरको उम्मेदवार खेमराज वलीले निर्वाचनमा विजयी भएमा कुनै सरकारी सेवा सुविधा नलिने बताउनु भएको छ ।

१४ बर्षसम्म खानेपानीको नेतृत्व गर्दा तलब नलिएर जनताको काम गरेको अनुभव आफुसंग भएकाले तुलसीपुर उपमहानगरपालिकाबाट प्राप्त हुने तलबभत्ता, गाडी, आवास लगाएतका कुनै पनि सेवा सुविधा नलिने वलीले बताउनुभयो ।

‘मैले चौधबर्ष तुलसीपुर खानेपानीमा काम गर्दा तलब लिएन । जनताको काम मोटरसाईकलमा चढेर पनि गर्न सकिन्छ । गाडी, इन्धन खर्च, ड्राइभरको तलब भत्तामा लाग्ने अर्खचलाई गरिब दिनदुःखीको हितमा काम गर्न सकिन्छ ।’ उपमेयरका उम्मेदवार वलीले भन्नुभयो । विगतमा खानेपानीको क्षेत्रमा राम्रो काम गरेको जनतामा छाप बसेकाले उहाँहरुले आफुलाई नभुल्ने वलीले बताउनुभयो ।
साभार:तुलसीपुरखबरबाट…

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार