तुलसीपुरमा भोलि ‘टप गेष्ट हाउस एण्ड रेष्टुरेन्ट’को उद्घाटन मेयर टिकाराम खड्काले गर्ने

डेली न्युजराप्ती       २५ असार २०८३ १८:२८ मा प्रकाशित     122 No Comments

तुलसीपुर, असार २५ । दाङको तुलसीपुरमा स्थानीय युवाहरूको सामूहिक लगानीमा स्थापना गरिएको तुलसीपुर टप गेष्ट हाउस एण्ड रेष्टुरेन्टको भोलि एक औपचारिक कार्यक्रमका बीच उद्घाटन हुने भएको छ।

तुलसीपुर उपमहानगरपालिकाका मेयर टिकाराम खड्काले रिबन काटेर तथा शुभकामना व्यक्त गर्दै गेष्ट हाउस तथा रेष्टुरेन्टको उद्घाटन गर्नुहुने कार्यक्रम रहेको छ।
तुलसीपुरका युवाहरूको संयुक्त लगानीमा सञ्चालनमा आएको यस गेष्ट हाउस तथा रेष्टुरेन्टमा स्वादिष्ट चाइनिज, इन्डियन तथा नेपाली खानाका विभिन्न परिकार, खाजा तथा नास्ताका परिकार उपलब्ध रहेका छन्। साथै पाहुनाका लागि आधुनिक सुविधा सम्पन्न, स्वच्छ र आरामदायी आवासको समेत व्यवस्था गरिएको सञ्चालकहरूले बताएका छन्।

सञ्चालकका अनुसार गुणस्तरीय सेवा, स्वादिलो परिकार, स्वच्छ वातावरण र ग्राहकमैत्री व्यवहारलाई प्राथमिकतामा राख्दै व्यवसाय सञ्चालन गरिनेछ। तुलसीपुरको आतिथ्य क्षेत्रमा नयाँ विकल्पका रूपमा सञ्चालनमा आएको गेष्ट हाउसले स्थानीय तथा बाह्य आगन्तुकलाई उत्कृष्ट सेवा प्रदान गर्ने लक्ष्य लिएको छ।

उद्घाटन कार्यक्रममा जनप्रतिनिधि, उद्योगी–व्यवसायी, समाजसेवी, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा स्थानीयवासीहरुलाई उपस्थितिका लागि अपिल गरिएको छ । उद्घाटन कार्यक्रममा उल्लेखनीय सहभागिता रहने अपेक्षा गरिएको सञ्चालकहरुले बताए ।

तुलसीपुर-५ नयाँबसपार्कमा सुरु गरिएको गेष्टहाउस तथा रेस्टुरेन्टको उद्घाटन कार्यक्रम विहान ११:०० बजे तय गरिएको सञ्चालकले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार