विप्लवले सुरु गरे सहिद परिवारका घर बनाउन , सहिद समाईको घर शिलान्यास!

डेली न्युजराप्ती       २ बैशाख २०८० १३:१३ मा प्रकाशित     176 No Comments

काठमाडौ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले सहिद समइको परिवारजनको लागि निर्माण गर्न लागिएको घरको शिलान्यास गरेका छन। जनयुद्धमा सहादत प्राप्त गरेका सतराज बुढामगर (समाई)को कपिलवस्तु शिवराज नगरपालिका वडा न९ रमादह स्थित परिवारको लागि करिब १६ लाख लागतमा बन्न लागेको ४ कोठे घरको शुक्रबार महासचिव विप्लव सी ले शिलान्यास गरेका हुन।
शुक्रवार भएको सहिद समइको परिवारजनको घर निर्माणको शिलान्यास पछि महासचिव विप्लवले पार्टीले क्रान्ति सङ्गै निर्माणका कामहरू अगाडि बढाई रहेको र नयाँ बर्षलाई थप रचनात्मक र निर्माणात्मक बनाउन जोड गर्ने बताए।
सहिद समइको परिवारजनको लागि घर निर्माणका लागि माल बहादुर घर्ति (हिमाल)को संयोजकत्वमा जित ब बुढा,सुबिस्ता रोका,सुस्मा सी,प्रेम रोका ,कमरा घर्ती सहितको निमार्ण समिति गठन गरिएको छ।
नेपाल कम्युनिस्ट पार्टीले पार्टी निर्माण , क्रान्ति र आन्दोलन सङ्गसङ्गै नमुना निर्माण कार्यहरु पनि गर्दै आएको छ भने यस अघि नेकपाले कपिलवस्तुमा पार्टीको केन्द्रिय कार्यालय , स्वास्थ भवन, संग्रहालय, खेलकुद संरचना, थवाङको सभाहल लगाएत देशैभर भौतिक संरचनाहरु निर्माण गरिसकेको छ।
घरनिर्माणको लागि आबश्यक पर्ने सम्पुर्ण खर्चको ब्ययभार नेकपाले बहन गर्ने बताईएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार