काठमाडौं। नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले नेपालको विद्यमान आर्थिक राजनैतिक संकटको भरपर्दो र दिगो समाधान गर्ने हो भने दलाल पुजीवादी वादशाहलाई घोडाबाट खसाल्न अनिवार्य रहेको बताउनु भएको छ। जन अधिकार अभियान नेपालद्वारा मङ्गलबार काठमाडौको कमलादीस्थित प्रज्ञा भवनमा आयोजित “नेपालको कम्युनिस्ट आन्दोलन र अबको बाटो विषयक” अन्तकृया कार्यक्रमलाई सम्वोधन गर्दै महासचिव विप्लवले यस्तो बताएका हुन।नेपालमा जसरी राजनीतिक संक्रमण नै टुंगोमा पुग्न पाएको छैन ।त्यसको कारणले सबै पार्टीहरुमा प्रभाव परेको छ, कम्युनिस्ट पार्टीहरुदेखि सबै पार्टीहरुमा विभाजन हुने समस्या देखियो,क्रान्तिकारीहरु मात्रै होइन अरुले पनि परिवर्तन अपुर्ण रहेको स्वीकार गरेको महसुस गरेका छौ , उनले भने– ‘हामी प्रतिवन्धित हुदा गगन थापाहरुले एमसिसी विरोधी देखिनु भो हामी खुला भएपछी समर्थक देखिनु भो ।नेपालका सामन्ती राजा महेन्द्रले पनि भुमिसुधार लगाएत तत्कालीन परिवर्तनकारी एजेन्डा लागू गरेपछी पञ्चायत तीन दशक टिकेको हो ।अहिले त्यति पनि दलहरुले गर्न नसके पछि मुलुक समस्यामा परेको हो ,यो भनेको संक्रमणको काम अझै बाकी छ भन्ने हो।हामिले प्रचण्ड बाबुरामजी हरुसङ्ग अन्तिम समयसम्म पनि भुमिको मामला हल गरौ भनेका थियौ।यो सामन्तवादी उत्पादन सम्वन्धबाट पुजीवादी र प्रगतिशील रुपान्तरणको ऐतिहासिक कार्यभार पूरा हुन नसक्दा उत्पन् भएको समस्या हो। नेपालमा बेरोजगारीको कारण पार्टीहरु फुट्ने समस्या देखियो।पार्टीहरुको अर्थ सम्वन्धी प्रस्ट दृस्टिकोणको अभाव देखियो।यसले पनि पार्टीहरु फुट्ने र चन्दा उठाएर खाने जस्तो भो।यसले त ढिलो चाडो फुट्ने समस्या आइहाल्छ। आजका समस्याहरुलाइ हल गर्ने बारे एमाले भित्रका नया पुस्ता र वुद्दिजिविहरुपनि आफ्नै पार्टी र नेताहरूबाट सन्तुष्ट छैनन।एक निश्चित समयसम्म उनिहरुले नेतृत्वलाई साथ पनि दिए तर नेताहरुले पार लगाउन सकेनन भन्ने उनिहरुको बुझाइ छ। यी सबै एजेन्डाहरुमा हामी बृहत् ढंगले बहस गर्न चाहान्छौ।हामी काङ्ग्रेस सङ्ग पनि राजनीतिक ढङ्गले बहस गर्न चाहान्छौ।तपाइहरुले अघि सारेको विचारले मुलुक र जनताका समस्यासङ्ग सरोकार राखेको खै?संसदवादबाट नेपाल अगाडि जान्न भन्ने कुरा त पहिल्यै प्रस्ट भैसकेको हो नि।’
मन्तव्यको क्रममा नेपालका तथाकथित वामपन्थी र कम्युनिस्ट भनिएकाहरुले विश्व परिस्थिति निकै प्रतिकुल रहेको भनेर संसदिय बाटो लिएको तर्फ संकेत गर्दै अन्तर्राष्ट्रिय परिस्थिति बारे उनले भने,” आजको वहुध्रुविय विश्वको चरित्रले समाजवादी क्रान्ती नजिक ल्याउदै छ।प्रथम विश्व युद्दले रसियन क्रान्ति जन्मायो , दोस्रो विध्वयुद्दले चीन लगाएतका देशमा समाजवादी र रास्ट्रीय मुक्ती आन्दोलन अगाडी आयो।अहिलेका विश्वका पछिल्ला शक्ति संघर्षहरुले फेरि समाजवाद र साम्यवाद लाई सन्निकट ल्याउने निश्चित छ ।” प्रगतिशील लेखक देव बहादुर पौडेलद्वारा लिखित क्रान्तिको बाटोको सवाल पुस्तकको विमोचन सहित भएको कार्यक्रममा नेकपा सचिवालय सदस्य सन्तोष बुढा , केन्द्रिय सदस्यहरु बन्धु चन्द, खुमा सुवेदी , आस्था र लेखक तथा वामपन्थी वुद्दिजिवी झलक सुवेदी लगाएतको उपस्थित रहेको थियो भने कार्यक्रमको अध्यक्षता एकराज भण्डारीले गरेका थिए।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2024 शहिद महान स्मृति संचार गृह प्रा.ली.