नेपाली जनताले पुरानो सत्ताको विकल्पमा वैज्ञानिक समाजवाद चाहेका छन् : नेता रणविर

डेली न्युजराप्ती       १८ माघ २०७९ १९:०१ मा प्रकाशित     394 No Comments

हेमन्त प्रकाश वली । माघ १८/दाङ । नेपाल कम्युनिस्ट पार्टीका स्थायी कमिटी सदस्य भरत सी (रणविर)ले नेपाली जनताले पुरानो सत्ताको विकल्पमा वैज्ञानिक समाजवाद चाहेको ठोकुवा गर्नुभएको छ ।
नेकपा राप्ती ब्युरोद्वारा आज घोराहीमा आयोजित राजनैतिक तथा योजनागत प्रशिक्षण कार्यक्रममा प्रशिक्षणात्मक मन्तव्य राख्दै नेता रणविरले उक्त ठोकुवा गर्नुभएको हो ।

कार्यक्रममा बोल्दै नेता रणविरले भन्नुभयो – ‘जनताले पुरानो दलाल पुजीवादी सत्ताको खारेजी चाहेका छन् र यो सत्ताको विकल्पमा वैज्ञानिक समाजवादी राज्यसत्ता चाहेका छन् । जनताले यो सत्ताको संसदीय चुनावपनि खारेज गरेका हुन् । अहिलेपनी संसदभवन अगाडि नेपाली युवा व्यवसायीहरुले आत्मदाह गरिरहेका छन् । यो भनेको के हो भने संसदीय व्यवस्था पुर्णरुपले फेल भएको छ । जनता यो व्यवस्थाबाट आजित भएका छन् र जनताले आफ्नो भाग्य र भविस्यको फैसला आफै गर्न पाउने वैज्ञानिक समाजवाद चाहेको अब स्पष्ट भएको छ ।’

नेता रणविरले जनताले आफ्नो हरेक समस्यामा हमेसा आफुसंगै रहने पार्टी चाहेको समेत बताउनुभएको थियो ।
हाम्रो आफ्नो उत्पादन नै छैन त्यसैले हामी गरिब भएका हौं , उहाँले थप्नुभयो ‘हाम्रो देशमा बहुराष्ट्रिय कम्पनीहरुको बजार मात्रै छ । यहाँ हाम्रो आफ्नो उत्पादन नै छैन । उत्पादन नै नभएपछि समृद्धिको कुरा हावा कुरा मात्रै हुन्छ । हामिले ल्याउने वैज्ञानिक समाजवाद उत्पादनमा टिकेको राज्यव्यवस्था हो ।’

वैज्ञानिक समाजवाद प्राप्तिका लागि आफ्नो पार्टीसंग आफ्नै उत्पादन रहेको समेत नेता रणविरको भनाइ थियो । उहाले भन्नुभयो – ‘ हाम्रो आफ्नो उत्पादन छ त्यो भनेको हाम्रो आफ्नो विचार छ । एकीकृत जनक्रान्तिको विचार छ ।
हामिले संस्लेसन गरेको एकीकृत जनक्रान्तीको विचारलाइ अब व्यवहारिक ढंगले पुष्ठि गर्ने बेला आएको छ ।’

हामी असफल हुने छट छैन , उनले थपे – ‘पुरानो तरिकाले , पुरानो विचारले क्रान्ती हुदैन । नयाँ तरिका र विचारले मात्रै क्रान्ती सम्पन्न हुन्छ । नेपालमा कम्युनिस्ट क्रान्ती गर्ने पार्टी सुव्यवस्तित पार्टी नेपाल कम्युनिस्ट पार्टी नै हो । नयाँ विचार , दर्शन लागू गर्ने नेता-कार्यकर्तापनि नयाँ बन्नुपर्छ ।’

एक अर्को प्रसंगमा प्रशिक्षण दिदै नेता रणविरले पुजीवादले प्रत्येक दिन आफुलाइ नविकरण गरेर बाचिरहेको समेत जिकिर गर्नुभएको हो । पुजीवाद अमानवीय , हिंस्रक छ तरपनि दुनियाँभरी राज गरिरहेको छ तर सर्वहारा श्रमजीवी वर्गको प्रतिनिधित्व गर्ने कम्युनिस्ट पार्टी किन हारिरहेका छन ? उहाले प्रश्न गर्नुभएको थियो । कम्युनिस्टहरुले पनि अब आफुलाइ नविकरण गर्नुपर्ने बेला आएको बताउनुभएको थियो ।

अहिले हाम्रो पार्टीमाथी दोहोरो हमला छ , उनले थपे – ‘हाम्रो पार्टीमाथी बाहिरबाट प्रतिक्रियावादीहरुले हमला गरिरहेका छन भने भित्रबाट धर्मेन्द्र-शुदर्शनहरु जस्ता फुटबादीहरुले हमला जारी राखेका छन् ।’

नेता रणविरले रवी र बालेनहरु साम्राज्यवादी दलालहरुद्वारा रोपिएका बिरुवा भएको समेत ठोकुवा गर्नुभएको थियो । कम्युनिस्ट जनमतका विरुद्ध सिके रावत , रवी र उन्मुक्ति पार्टीहरु एकाएक मौलाएको बताउदै उहाँले साम्राज्यवादले कुनैपनी हालतमा दलाल पुजीवादलाई नयाँनयाँ पात्रहरु खडा गरेर टिकाउन चाहेको समेत स्पष्ट पार्नुभएको हो ।

क्रान्तीका लागि बस्तुगत अवस्था हिजोभन्दा झन अनुकुल रहेको छ , नेता रणविरले थपे – ‘क्रान्तीका लागि अब जनआधारित पार्टी र जनआधारित/जनअनुमोदित नेता-कार्यकर्ता बनाउने पार्टीको योजना हो । हामी क्रान्ती नायक हुनेछौं । एकीकृत जनक्रान्ती बिजयी भइछाड्ने छ ।’

श्रमबाट कट्दै समाज अपराधिकरणतर्फ मोडिएको नेता रणविरले स्पष्ट समेत पार्नुभएको थियो ।

राजनैतिक तथा योजनागत प्रशिक्षण कार्यक्रममा नेकपाका पोलिटब्युरो सदस्य द्वय सुवास सी र शितल सीले समेत प्रशिक्षण मन्तव्य व्यक्त गर्नुभएको थियो ।

नेकपाका स्थायी कमिटी सदस्य रणवीर सीको प्रमुख आतिथ्यमा सम्पन्न प्रशिक्षण कार्यक्रममा नेकपाका नेकपाका पोलिटब्युरो सदस्य द्वय सुवास सी , शितल सी , नेकपाका केन्द्रीय सदस्यहरु पाटन सी , मानव सी , केन्द्रीय प्रतिनिधि समिती सदस्य बिश्लेसन सी , नेकपा केन्द्रीय सल्लाहकार समिती सदस्य सुन्दर सीको आतिथ्य रहेको थियो ।
कार्यक्रममा पार्टीको नवौं केन्द्रीय समितिको तेस्रो पुर्ण बैठक को प्रतिबेदन वाचन , केन्द्रीय समितिको तेस्रो पुर्ण बैठकको सर्कुलर र माघ १७ गते घोराहीमा सम्पन्न नेकपा राप्ती ब्युरो बैठकको सर्कुलर समेत वाचन गर्नुभएको थियो ।

नेकपा केन्द्रीय समिती सदस्य सम्झना सीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको अध्यक्षता नेकपा राप्ती ब्युरो इन्चार्ज सविन सीले गर्नुभएको थियो भने प्रशिक्षण कार्यक्रमको संचालन नेकपा केन्द्रीय समिती सदस्य असिना सीले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार