अमेरिकी सैन्य रणनीतिलाई एकढिक्का भएर प्रतिवाद गरौँ: देव गुरुङ

डेली न्युजराप्ती       २० भाद्र २०८१ ०७:३३ मा प्रकाशित     136 No Comments

काठमाडौँ – नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले अमेरिकी आर्थिक सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन(एमसीसी) र एसपीपी जस्ता अमेरिकी सैन्य रणनीतिको  प्रतिवाद गर्न आग्रह गरेका छन् । नेपाल कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागले मङ्गलवार राजधानीमा गरेको (एमसीसी) र (एसपीपी) र राष्ट्रिय स्वाधिनता विसयक अन्तरक्रिया  कार्यक्रममा बोल्दै उनले सम्पूर्ण वामपन्थी, राष्ट्रवादी शक्तिहरूलाई एकढिक्का भएर एमसीसी) र एसपीपी जस्ता अमेरिकी सैन्य रणनीतिको  प्रतिवाद गर्न आग्रह गरेका हुन् ।

अमेरिकाको सैन्य रणनीति अन्तर्गत नेपालमा एमसीसी ल्याइएको दाबी गर्दै उनले सबै मिलेर यसको प्रतिवाद नगरे देश दोस्रो युक्रेन बन्ने खतरा रहेको बताए । ‘अमेरिकाको रणनीतिमा बस्यो भने नेपाल दोस्रो युक्रेन बन्ने खतरा रहेको छ । सम्पूर्ण वामपन्थी, राष्ट्रवादी शक्तिहरूलाई एकढिक्का भएर प्रतिवाद गर्न म आग्रह गर्छु । सबै मिलेर प्रतिवाद गर्न सक्यौं भने हाम्रो मुलुक सदाका लागि स्वाधीन बन्नेछ’, उनले भने ।

गुरुङले चीनलाई घेराबन्दी गर्न एमसीसीमार्फत अमेरिकाले आइपीएस, एसपीपी सैन्य रणनीति लाद्न खोजेको दाबी गरे । ‘अमेरिकी सैन्य रणनीतिको हिसाबले ब्याक भएका छैनन् । प्रत्यक्ष एसपीपीको हिसाबले लागु नगरे पनि विचार, नीति हिसाबले ब्याक भएका छैन’, उनले भने, ‘उनीहरूले सोझै सैनिक ल्याएर क्याम्प बनाउन भन्दा पनि बढी भन्दा बढी सूचना केन्द्र बनाउन खोजेको छ । हामीले खबरदारी गर्न नसकिए राष्ट्रिय स्वाधीनता गुम्ने खतरा छ ।’

कार्यक्रममा उनले बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिनाले अमेरिकी सैन्य क्याम्प राख्न टापु राख्न नदिएकाले सत्ता ढलेको दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार