विप्लवले भोलि काठमाडौंमा पत्रकार सम्मेलन गर्ने

डेली न्युजराप्ती       १६ बैशाख २०८१ २२:०६ मा प्रकाशित     254 No Comments

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टीले भर्खरै सम्पन्न केन्द्रीय समिति बैठकका निर्णयहरु सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्ने भएकाे छ । आगामी वैशाख १८ गते प्रज्ञा भवन कमलादीमा बैठकका निर्णयहरु सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्ने भएकाे हाे ।नेकपा केन्द्रीय कार्यालय कपिलवस्तुमा वैशाख ५ गतेदेखि ९ बजेसम्म चलेकाे नवाैं केन्द्रीय समितिकाे पाँचाै पूर्ण बैठकका निर्णयहरु सार्वजनिक गर्न पत्रकार सम्मेलनकाे आयाेजना गरिएकाे नेकपा स्थायी समिति सदस्य अनिल सीले बताए ।बैठकले विभिन्न ऐतिहासिक निर्णय गरेकाले पत्रकार सम्मेलन महत्वपूर्ण भएकाे उनकाे भनाई छ । नेकपा केन्द्रीय कार्यालयले उक्त पत्रकार सम्मेलनमा सम्पूर्ण पत्रकारलाई उपस्थितिका अनुराेध गरेकाे छ ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार