जनयुद्ध दिवसको अवसरमा नेकपाद्वारा सहिदका छोराछोरीलाई फलफुल वितरण

डेली न्युजराप्ती       १ फाल्गुन २०८१ १२:१७ मा प्रकाशित     116 No Comments

फागुन १,दाङ ।
नेपाल कम्युनिस्ट पार्टी दाङले जनयुद्ध दिवसको अवसरमा सहिदका छोराछोरीलाई फलफुल वितरण गरेको छ ।
बिहिवार पार्टीले दाङको तुलसीपुर स्थित सहिद स्मृति आवासीय माध्यामिक बिधालयमा अध्यनरत बिद्यार्थीलाई फलफुल वितरण गरेको हो ।

नेकपाले ३०औं जनयुद्ध दिवसको अवसरमा महान जनयुद्धका सहिदहरुका सन्ततिसंग दिवसको अवसरमा शुभकामना आदानप्रदान गर्दै खुशियाली साट्न बिधालय पुगेको जनाएको छ ।

नेकपाले बिधालयका करिव ४५० जना बिद्यार्थीका लागि उपलब्ध गराएको फलफुल बिधालयका प्रअ नारायण पौडेललाई हस्तान्तरण गरिएको थियो ।

फलफुल वितरण कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य प्रदिप सी , पार्टीका केन्द्रीय सदस्य एवम दाङ जिल्ला सेक्रेटरी तिलक सी , पार्टीका केन्द्रीय सल्लाहकार सुन्दर सी , पार्टीका केन्द्रीय प्रतिनिधि सदस्य भुवन सी लगाएतको आतिथ्यता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार