अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ लुम्बिनी प्रदेश कमिटीको दोस्रो बैठक सम्पन्न

डेली न्युजराप्ती       ९ श्रावण २०७९ २३:१० मा प्रकाशित     206 No Comments


साउन ९,दाङ। विप्लव निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ लुम्बिनी प्रदेश कमिटीको दोस्रो बैठक सम्पन्न भएको छ।

सोमबार बुटवलमा सम्पन्न बैठकले पार्टीको ऐतिहासिक नवौं महाधिवेशनलाई भव्य बनाउन प्रदेश अन्तर्गतका सबै जिल्लामा अभियान संचालन गर्ने,मजदुरहरुको हक,अधिकारका निम्ति संघर्ष गर्ने,वैदेशिक हस्तक्षेप,महंगी,कालोबजारी,व्यथिती,विसंगतिका विरुद्ध सबैखाले राष्ट्रघात जनघातका विरुद्ध तथा साम्राज्यवादी अतिक्रमणका विरुद्ध चरणबद्ध संघर्ष गर्ने निर्णय समेत गरेको जनाइएको छ।

संगठनका लुम्बिनी प्रदेश कमिटीका इन्चार्ज खगेन्द्र पौडेलको अध्यक्षतामा बसेको बैठकमा संगठनका केन्द्रीय उपाध्यक्ष डिल्ली वलीको प्रमुख आतिथ्य थियो भने नेकपाका केन्द्रीय सदस्य विजयको बिशेष आतिथ्य रहेको थियो।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार