तुलसीपुरमा भीषण आगलागीबाट भएको मानवीय र भौतिक क्षतिप्रती नेकपा दाङद्वारा दुख व्यक्त

डेली न्युजराप्ती       २९ माघ २०७८ ०९:१८ मा प्रकाशित     594 No Comments


राज्य निकायबाट पीडितलाइ उचित राहात र क्षतिपूर्ति दिन माग
हेमन्त प्रकाश वली,माघ २८,तुलसीपुर। नेपाल कम्युनिस्ट पार्टी दाङले तुलसीपुरमा भीषण आगलागीबाट भएको मानवीय र भौतिक क्षतिप्रती दुख व्यक्त गरेको छ।

नेकपा दाङका सेक्रेटरी प्रदिपले आज शोक वक्तव्य जारी गर्दै आगलागी घटनाप्रती दुख व्यक्त गर्नुभएको हो।
सेक्रेटरी प्रदिपद्वारा हस्ताक्षरित बिज्ञप्तिमा गएराती करिव २ बजेदेखी बिहानसम्म आगलागी हुदा भएको मानवीय क्षतिप्रती पार्टी दुखित एवम गम्भीर ध्यानाकर्षण भएको बताइएको छ। साथै आगलागीबाट मृत्युवरण गर्नुभएका मृतकहरुप्रती भावपुर्ण श्रद्धाञ्जली व्यक्त गरिएको छ।

शोक वक्तव्यमा भनिएको छ,” आगलागी राती देखि सुरु भएर अर्को दिन बिहानसम्म पनि नियन्त्रणमा ल्याउन नसक्नु,दमकल लगाएत आगलागी नियन्त्रणका स्रोत साधनहरुको उपलब्धता नहुनु र मानवीय र भौतिक क्षतीसम्म व्यहोर्नुपर्ने उक्त घटना यो दलाल राज्यव्यवस्थाको उपज भएको स्पष्ट पार्न चाहान्छौ। साथै राज्य निकायबाट पीडितलाइ उचित राहात र क्षतिपूर्ति दिन माग पनि गर्दछौं।”
शोक वक्तव्यको पुर्णपाठ:-

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार