‘एसपीपी सम्झौता’ नगर्न देउवा सरकारलाइ नेकपाको चेतावनी,प्रवक्ताद्वारा विज्ञप्ति जारी

डेली न्युजराप्ती       ३१ जेष्ठ २०७९ २१:०६ मा प्रकाशित     370 No Comments

देशलाइ युद्धको मारमा फसाउने षड्यन्त्रलाइ अँध्यारो कोठाबाट स्वीकृत दिने देउवा सरकारको हर्कतले मुलुकको सार्वभौम अधिकारमाथि ठुलो चुनौती खडा भएको छ:प्रकाण्ड

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टीले सरकारलाई स्टेट पार्टनरसिप प्रोगामको (एसपीपी) सम्झौतामा हस्ताक्षर नगर्न खबरदारी गरेको छ । नेकपा प्रवक्ता प्रकाण्डले एक विज्ञप्ति जारी गर्दै एसपीपीको १० वूँदे सम्झौता नगर्न खबरदारी गरेका हुन् ।

प्रकाण्डले मंगलबार एक बिज्ञप्ति जारी गर्दै अमेरिकी सेनाको एसिया प्यासिफिक कमाण्डका प्रमुख जर्नेल चाल्र्स एन्थोनी फिलीनले नेपालको राष्ट्रपति, प्रधानमन्त्री र प्रधानसेनापतिसँग सेनाको मुख्यालयमा भेटघाट गरि स्टेट पार्टनरसिप प्रोगामको (एसपीपी) १० वूँदे सम्झौताको प्रस्ताव गरेको बताउदै राष्ट्रघाती एमसीसी सम्झौता संसदबाट पारित गरिसकेपछि नेपालमा अमेरिकाले आफ्नो प्रत्यक्ष उपस्थितिलाई मजबुद बनाउदै आफ्ना गतिविधिहरु बढाई रहेको र यसले एकातिर कुटनीतिक मामिलाको खिल्ली उडाएको छ भने, अर्कोतिर नेपालको राष्ट्रिय स्वाधिनता र सार्वभौम अधिकारमाथि खुलम्खुला धावा बोलेको ठोकुवा गरेका छन ।

उनले देशलाई युद्बको मारमा फसाउने षड्यन्त्रलाई अँध्यारो कोठाबाट स्वीकृत दिने शेरबहादुर देउवा गठबन्धन सरकारको यस प्रकारको हर्कतले मुलु्कको सार्वभौम अधिकारमाथि ठूलो चुनौति खडा भएको बताउदै राष्ट्रियता जस्तो अति सम्वेदनशील विषयमा समेत हल्काढंङ्गको लिने देउवा सरकारलाई स्टेट पार्टनरसिप प्रोगामको (एसपीपी) १० वूँदे सम्झौता नगर्न खबरदारीसमेत गरेका छन ।

प्रेस बिज्ञप्तिको पुरापाठ:

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार