त्रिकोणात्मक टी-ट्वान्टी सिरिजको फाइनल खेल आज , नेपाल र यूएई भिड्ने

डेली न्युजराप्ती       १० कार्तिक २०८० ०६:५४ मा प्रकाशित     46 No Comments

काठमाडौँ- काठमाडौँमा जारी त्रिकोणात्मक टी-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजको फाइनल आज हुँदैछ । फाइनल घरेलु टोली नेपाल र युनाइटेड अरब इमिरेट्स (यूएई) बीच हुनेछ ।

नेपाल र यूएईबीचको फाइनल त्रिवि क्रिकेट मैदानमा बिहान ११ बजेबाट सुरु हुनेछ । नेपाल, यूएई र हङकङको सहभागिता रहेको सिरिजअन्तर्गत नेपालले चारवटै खेलमा जित हात पारेर फाइनलमा स्थान बनाएको थियो ।

यूएई र हङकङले समान एक-एक खेल जित हात पारेपनि नेट रनरेटमा भने यूएईले हङकङलाई पछि पार्दै फाइनलमा स्थान बनाएको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार