तीन बुदे सहमती कार्यान्वयनका लागि नेकपाका प्रवक्ता र प्रधानमन्त्री देउवाबीच भेटवार्ता

डेली न्युजराप्ती       २३ भाद्र २०७९ २०:०१ मा प्रकाशित     166 No Comments


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्ड र प्रधानमन्त्री शेरबहादुर देउवाबीच बिहिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको छ। उक्त भेटवार्तामा नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव, प्रवक्ता प्रकाण्डलगायतका नेताविरुद्ध जारी गरिएको पक्राउ पुर्जीका साथै झुठा मुद्दा र राजबन्दी रिहाइका बिषयमा सरकारले तदारुकताकासाथ कदम चाल्ने र तीन बुँदे सहमतिलाई पूर्णरुपमा कार्यान्वयन गर्ने सहमति भएको छ ।
उक्त भेटवार्तामा तीन बुँदे सहमति बिपरित नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव, प्रकाण्डलगायतका नेता – कार्यकर्तामाथि जारी गरिएको पक्राउ पुर्जी र त्यसले निम्त्याएको नकारात्मक परिस्थितिलाई नियन्त्रण गरी सकारात्मक बनाउने बिषयमा छलफल र सहमतीसमेत भएको बताइएको छ।

नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्ड र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भएको उक्त भेटवार्तामा तीन बुँदे सहमति कार्यान्वयन र नेपाल कम्युनिस्ट पार्टीप्रति सरकारको दृष्टिकोण नकारात्मक नभएको प्रधानमन्त्री शेरबहादुर देउवाको स्पष्टोक्ति रहेको थियो।
नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्ड र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भएको उक्त भेटवार्तामा गृहमन्त्री बालकृष्ण खाँणको समेत उपस्थिति रहेको थियो भने छलफलको क्रममा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइराला र महान्यायाधिवक्ता खम्मबहादुर खातीसमेतको सहभागिता रहेको थियो।

सरकारसंग तीन बुँदे सहमति कार्यान्वयनका विषयमा पटक – पटक छलफल र सहमति भएपनि झुठ्ठा मुद्दा खारेज र राजबन्दी रिहाई नभएको समयमा भएको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्ड र प्रधानमन्त्री शेरबहादुर देउवाlबीच भएको यो भेटवार्ता राजनीतिक रुपले अर्थपूर्ण मानिएको छ ।
२०७७ फाल्गुन २१ गते तत्कालिन के पी ओली नेतृत्वको सरकार र नेपाल कम्युनिस्ट पार्टीबीच बीच ३ बुँदे सहमति भएको थियो । जुन सहमतिमा दुवै पक्ष-नेपाल सरकार तथा नेपाल कम्युनिष्ट पार्टी, देशको राजनैतिक समस्याहरु वार्ता तथा संवादबाट समाधान गर्न , नैपाल कम्युनिष्ट पार्टी आफना सबै राजनैतिक क्रियाकलापहरु शान्तिपूर्णरुपमा संचालन गर्न र नेपाल सरकार, नेपाल कम्युनिष्ट पार्टीमाथि लगाइएको प्रतिबन्ध, कारागारमा रहेका पार्टीका नेता तथा कार्यकर्ताहरुको रिहाई र संपूर्ण मुद्दाहरु खारेज गर्न सहमत भएको थियो ।
नेकपा र सरकारबीच तीन बुंदे सहमति भएपछि देशी- बिदेशी दलाल तत्वहरु उक्त सम्झौता कार्यावन्यन हुन् नदिन कम्मर कसेर लागेका छन । जसको पुष्टि गत साउन १६ गते ललितपुर जिल्ला अदालतले नेकपाका महासचिव विप्लव, प्रकाण्डलगायतका नेताविरुद्ध जारी गरेको पक्राउ पुर्जीले गर्दछ। तर, यी र यस्ता सबै अबरोधहरु छिचोल्दै नेकपा निरन्तर वार्ताको माध्यमवाट तीन बुँदे सहमति पूर्ण रुपमा कार्यान्वयन गराउन लागि परेको छ ।
तत्कालिन के पी ओली नेतृत्वको सरकार र नेपाल कम्युनिस्ट पार्टीबीच बीच ३ बुँदे सहमति भएको १८ महिना नाघी सक्दा समेत नेकपा धैर्यवान हुदै निरन्तर वार्ता र सम्बादमा जुटिरहेको छ उसको यो देश र जनताप्रतिको जिम्मेवारी र ईमान्दारॆतालाई सरकारले कमजोरीको रुपमा बुझ्नु नहुने राजनीतिक विश्लेषकहरु बताउछन ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार