नेकपाद्वारा डडेलधुरामा वर्तमान राष्ट्रिय संकट र समाधान विषयक अन्तरक्रिया सम्पन्न

डेली न्युजराप्ती       ११ फाल्गुन २०८० १२:३८ मा प्रकाशित     205 No Comments

हेमन्त प्रकाश ओली ।

फागुन ११ , नवलपरासी । नेपाल कम्युनिस्ट पार्टीले डडेलधुराको परशुराम नगरपालिकामा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

विहिवार परशुराम नगरपालिका -१२ जोगबुडामा भएको अन्तरक्रिया कार्यक्रममा सहभागी वक्ताहरुले नेपालको अहिलेको राजनीतिक संकट दलाल संसदीय व्यवस्था रहेको र यसको निकास नेपाली बिशेषताको समाजवादमा हुने जिकिर गरेका थिए ।

नेकपाका केन्द्रीय सदस्य एवम राप्ती ब्युरो इन्चार्ज सविन सीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य एवम जिल्ला इन्चार्ज बिजय सी , नेकपाका केन्द्रीय प्रतिनिधि सदस्य विकाश सी , युवा संगठन नेपाल महाकाली ब्युरो इन्चार्ज शिशिर सी , नेकपा माओवादी केन्द्रका जिल्ला सचिव लाल बहादुर धामी , नेपाली कांग्रेसका पुर्व जिल्ला सभापति धर्मानन्द भट्ट , जोगबुडा उधोग बाणिज्य संघका अध्यक्ष हरि प्रसाद जोशी , समाजसेवी , बुद्धिजीवी तथा साहित्यकार कैलाश कुमार पाण्डे , राष्ट्रिय स्वतन्त्र पार्टी परशुराम नगरका सभापती लाल बहादुर थापा , हलिया मुक्ती समाजका जिल्ला अध्यक्ष बिरभान पार्की लगाएतको आतिथ्यता रहेको नेकपाले जनाएको छ ।

नेकपा परशुराम नगर इन्चार्ज सन्तोष सीको स्वागत मन्तव्यवाट सुरु भएको कार्यक्रमको सहजीकरण जिल्ला कार्यालय सचिव गणेश सीले गरेका थिए भने अध्यक्षता नेकपा जिल्ला सेक्रेटरी बिएन सीले गरेका हुन् ।

अन्तरक्रिया कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य एवम जिल्ला इन्चार्ज विजय सीले कार्यपत्र प्रस्तुत गरेका थिए भने कार्यपत्रमाथी उठेका सुझाव सहितका टिप्पणीका बारेमा प्रमुख अतिथि नेकपाका केन्द्रीय सदस्य एवम राप्ती ब्युरो इन्चार्ज सविन सीले प्रष्ट पारेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार