अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) दाङको प्रथम बैठक सम्पन्न

डेली न्युजराप्ती       २ भाद्र २०७८ १८:०२ मा प्रकाशित     499 No Comments


हेमन्त वली,दाङ।
नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल किसान महासंघ(क्रान्तिकारी) दाङ जिल्ला सम्मेलन आयोजक समितिको प्रथम बैठक घोराहिमा सम्पन्न भएको छ।
बैठकले जिल्ला सम्मेलन गर्ने,पालिका स्तरीय भेला गर्ने,किसानहरुका समस्याका बिसयमा संघर्ष गर्ने,जिल्लामा किसानहरु संग छलफल/अन्तर्क्रीया गर्ने जस्ता महत्वपूर्ण निर्णय गरेको बताइएको छ।
प्रथम बैठक नेकपाका केन्द्रिय सदस्य तथा दाङ जिल्ला इन्चार्ज शितलको प्रमुख आतिथ्य,नेकपा दाङ जिल्ला सेक्रेटरी प्रदिप,नेकपा घोराही नगर इन्चार्ज तिलकको आतिथ्यमा सम्पन्न भएको थियो।
बैठकमा प्रशिक्षणात्मक मन्तव्य पार्टीका केन्द्रिय सदस्य तथा दाङ जिल्ला इन्चार्ज शितलले राखेका थिए।
नेता शितलले वैज्ञानिक समाजवादी सत्ता स्थापना गरि किसानका समस्याहरु क्रान्तिकारी भुमीसुधार लागू गरेर समाधान गरिने बताए।उनले यो भ्रष्ट राज्यबाट किसानहरुका समस्या समाधान नहुने भन्दै नेपाली जनताको आफनै शासन व्यवस्था वैज्ञानिक समाजवाद स्थापनाको बिकल्प नरहेको बताए।नेता शितलले जनयुद्धमा स्थापित गरिएका किसानहरुका मुद्दा एकीकृत जनक्रान्तिमा जिवितै राखेको बताए।एक फरक प्रसंगमा नेता शितलले नेपालमा व्यवस्था चुन्ने अधिकार जनतालाइ दिन आफ्नो पार्टीले जनमतसंग्रह माग गरेको बताए। दलाल पुजीवादी संसदीय व्यवस्था कि जनताको वैज्ञानिक समाजवादी राज्यव्यवस्था भन्ने बिसयमा जनमतसंग्रह मार्फत जनतालाई व्यवस्था चुन्न दिनु लोकतन्त्रको उच्चतम प्रयोग भएको नेता शितलको जिकिर थियो।
बैठककमा समग्र जिल्लाको योजना र किसान संगठनको आगामी कामकाज र भुमिकाको बिसयमा नेकपा दाङ जिल्ला सेक्रेटरी प्रदिपले मन्तव्य व्यक्त गरेका थिए।
प्रथम बैठकको संचालन तथा अध्यक्षता संगठनका जिल्ला सम्मेलन आयोजक समिती संयोजक पोषणले गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार