लुम्बिनी प्रदेश तेक्वान्दो संघको प्रथम महाधिवेशन सम्पन्न

डेली न्युजराप्ती       २९ पुष २०७८ ०६:५३ मा प्रकाशित     417 No Comments


दाङ। लुम्बिनी प्रदेश तेक्वान्दो संघको अध्यक्षमा तुलसीपुरका व्यवसायी बिमल रिजाल चयन हुनु भएको छ । लुम्बिनी प्रदेश तेक्वान्दो संघको बुधबार तुलसीपुरमा सम्पन्न भएको प्रथम महाधिवेशनले सर्वसम्मत रिजाललाई अध्यक्षमा चयन गरेको हो । महाधिवेशनले रिजालकै नेतृत्वमा १६ सदस्यीय लुम्बिनी प्रदेश तेक्वान्दो संघको गठन छ ।जसको उपाध्यक्षमा जित बहादुर केसी र प्रयागदास गोर्खाली चयन हुनु भएको छ ।

यस्तैगरी महासचिवमा बिनिल केसी,कोषाध्यक्षमा मोहन सुनार, सचिबमा राजकुमार पाण्डे,सदस्यहरुमा दिपेन्द्र रिजाल,दुर्गा बहादुर खड्का, देब बहादुर केसी, सचिन पौडेल,वीर बहादुर रावत,डम्बर बहादुर बुढाथोकी,साबित्रा गुरुङ,श्याम घले,रामजी यादव र राजिव सिह क्षेत्री चयन हुनु भएको छ । संघका अध्यक्ष बिमल रिजालको अध्यक्षता तथा लुम्बिनी प्रदेश ग्रामीण,पर्यटन तथा शहरी बिकास मन्त्री डिल्ली बहादुर चौधरीको प्रमुख आतिथ्यताका महाधिवेशन उदघाटन भएको थियो ।सो अवसरमा मन्त्री चौधरीले खेलकुदलाई मानव स्वास्थ्य र राष्ट्रको समृद्धि संग जोडेर लैजानु पर्ने बताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार