अनेमसंघ क्रान्तिकारी दाङको तेस्रो बैठक सम्पन्न,नवौं महाधिवेशनको तयारी गर्ने

डेली न्युजराप्ती       २३ श्रावण २०७९ २१:२५ मा प्रकाशित     341 No Comments


साउन २३,दाङ। अखिल नेपाल महिला संघ क्रान्तिकारी दाङको बैठक सम्पन्न भएको छ।
नेकपा निकट अनेमसंघ क्रान्तिकारी दाङ जिल्लाको तेस्रो बैठक सोमवार घोराहीमा सम्पन्न भएको हो।

संगठनको तेस्रो बैठकले पार्टीको आसन्न नवौं महाधिवेशनलाई भव्यताका सफल पार्न जिल्लामा सबैखाले तयारी गर्ने निर्णय गरेको संगठनले जनाएको छ।

नेकपा दाङ जिल्ला सेक्रेटरी प्रदिपको प्रमुख आतिथ्य,युवा संगठन नेपालका केन्द्रिय अध्यक्ष पाटन,अखिल नेपाल महिला संघ क्रान्तिकारीका केन्द्रिय सदस्य तथा रोल्पा-प्युठान इन्चार्ज अशोका ,नेकपा घोराही उपमहानगर कमिटीका इन्चार्ज निर्मलको विशेष उपस्तिथिमा बैठक सम्पन्न भएको थियो।
संगठनका जिल्ला संयोजक रेखाको संचालन तथा अध्यक्षतामा बैठक वसेको थियो।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार