एकीकृत जनक्रान्ति ऐतिहासिक जनयुद्धको विकसित रुप हाे : अपेक्षा

डेली न्युजराप्ती       २ फाल्गुन २०७८ ०८:३६ मा प्रकाशित     403 No Comments


पाल्पा / नेपाल कम्युनिस्ट पार्टीकि केन्द्रीय सदस्य अपेक्षाले एकीकृत जनक्रान्ति ऐतिहासिक जनयुद्धको विकसित रुप भएको बताउनु भएको छ ।

पाल्पाको तानसेनमा २७ अाैं जनयुद्ध दिवसको कार्यक्रममा प्रमुख अतिथिका रुपमा उपस्थिति हुनु भएकि अपेक्षाले उक्त कुरा बताउनुभएको हाे । केही नेताले जनयुद्ध बेचेर खान खाेजे पनि क्रमभंगतामा निरन्तरताको विकसित रुप एकीकृत जनक्रान्ति भएको बताउनुभएको छ।जनयुद्धमा सहभागी भयौं,अंगभंग भयौं,हजारौंले मृत्युुवर्ण गर्न पुग्यौं यसको मर्मलाई हेल चेक्याई गरि केही नेताले जनयुद्ध बेचेर खाएको समेत बताउनुभयो।

अपेक्षाले उनलेे बेचेर खान खाेज्ने कार्यनीतिका बिरुद्धमा अाँफुहरुले निरन्तर बिद्रोह गर्दै अगाडि बढ्दा महासचिव विप्लवकाे नेतृत्वमा नेपाल कम्युनिस्ट पार्टी पुर्नरगठन गरि जनयुद्धका विचलित र बाँकी काम पुरा गर्न एकीकृत जनक्रान्ति संश्लेषण गरि अहिलेकाे विश्व प्रधान शत्रु दलाल पुँजीवाद भने घरेलुु प्रतिक्रियावादी शत्रु राष्ट्रिय अात्मसर्पणकारि दलाल संसदीय व्यवस्थाका विरुद्धको कार्यदिशा भएको जिकिर गर्नु भयो । उहाँले भन्नुभयो यी दुई शत्रुलाई पराजित गरेर मात्र समाजवाद स्थापना हुने बताउनुभयो।

यस्तै जनयुद्धको दिवसको अवसरमा सहिद परिवारका केन्द्रीय सदस्य अाकाश,जनयुद्धका घाइते अपांग हिरा थापा,अखिल क्रान्तिकारी केन्द्रीय सदस्य लंक राना मगर,युवा संगठन नेपालका केन्द्रीय सदस्य तथा पाल्पा जिल्ला ईन्चार्ज लिला सारु मगर ,स्वयंसेवकका सुकुमार,अखिल क्रान्तिकारीका पाल्पा अध्यक्ष सुदिप विश्वकर्मा,कुमाल मुक्ति माेर्चाका पाल्पा जिल्ला अध्यक्ष धन बहादुर कुमाल,अखिल नेपाल ट्रेड युनियन महासंघका पाल्पा जिल्ला अध्यक्ष राजिव भट्टराई अखिल नेपाल शिक्षक संगठन नेपालका केन्द्रीय सदस्य विजय बुढा मगर,जनपत्रकार संगठन नेपाल पाल्पा जिल्ला अध्यक्ष माेहन निवाङ,जनपत्रकार संगठन नेपाल लुम्बिनी प्रदेश समिति काेषाध्यक्ष मुक्ति गैरे लगायतको अातिथ्यतामा सम्पन्न भएको थियो भने कार्यक्रमकाे सभाध्यक्ष नेपाल कम्युनिस्ट पार्टीका जिल्ला जनसरकार प्रमुख तथा पार्टी सचिवालय सदस्य मीन बहादुर अाले “नेपाल” ले गर्नु भएको थियो भने कार्यक्रम संचालन श्रमिक समुदाय माेर्चा नेपालका केन्द्रीय सदस्य तथा नेपाल कम्युनिस्ट पार्टी जिल्ला सदस्य नीर बहादुर विक “निसान” ले गर्नु भएको थियो।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार