प्रकाण्ड र माधव नेपालबिच भेटघाट , बैदेशिक चलखेल बढेको विषयमा छलफल 

डेली न्युजराप्ती       १० कार्तिक २०८० ०६:५३ मा प्रकाशित     139 No Comments

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्ड सी र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधब नेपालबीच देशमा अझै बैदेशिक चलखेल अस्वभाविक रुपमा बढेको विषयमा छलफल भएको छ ।

विहिवार नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधब नेपालको निवास कोटेश्वरमा भएको दुई नेता बीचको भेटवार्तामा देश चरम संकटमा परेको बेला बैदेशिक चलखेलमा पनि नेपाल माथि तिव्र भएको भन्दै छलफल गरेका हुन ।

भेटवार्तामा नेताहरुले देशमा डरलाग्दो निराशा फैलिएको र सामाजिक असुक्षा एबम् विकृति बढेको भन्दैे यी तमाम समस्याको समाधान दिन समाजवादी मोर्चा र सरकार लाग्नु पर्ने साझा निश्कर्ष निकालेका छन ।

यस्तै भ्रष्टाचार, कमिशन, लुट र महंगीको बिगबिगीका साथै राष्ट्रका बिरुद्ध गम्भीर षड्यन्त्र र खतरा सृजना भएको र यसलाई रोक्न समाजवादी मोर्चा नै चाहिने नेताहरुले बताएका छन ।

दुबै नेताहरुले देशमा बैदेशिक शक्ति दलाल र प्रतिगामी तत्वहरुको चलखेल बढ्दै गएकोप्रति सरकारले अझै प्रभावकारी काम गर्नु पर्ने विषयमा छलफल गरेका छन ।

भेटवार्तामा देशलाई असफल करार गर्न धार्मिक, जातीय र सांस्कृतिक दंगा मच्याउने दुष्प्रयास भै रहेको बिषयमा समेत गम्भीर छलफल भएको बताइएको छ ।

भेटवार्तामा नेकपा (एकीकृत समाजवादी) का महासचिब घनश्याम भुसाल र सचिब नगेन्द्र चौधरीको समेत सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार