खेतीपातिको समयमा किसानप्रती राज्य गैरजिम्मेवार हुदा किसानद्वारा २ ट्रक रासायनिक मल कब्जा

डेली न्युजराप्ती       ४ असार २०७९ २१:५४ मा प्रकाशित     177 No Comments


धादिङ, ४ असार । खेतीपातिको समयमा रासायनिक मलको चरम अभाव भएका बेला धादिङका किसानले २ ट्रक रासायनिक मल कब्जा गरेका छन। शनिवार धादिङको धार्के बजारमा रासायनिक मल बोकेको २ वटा ट्रक नियन्त्रणमा लिएर रासायनिक मल कब्जा गरेका हुन् । सो मल भारतबाट भन्सार छली ल्याइएको बुझिएको छ ।

सयौं किसानका अघि सशस्त्र प्रहरीले किसानहरुको मल कब्जा कार्य रोक्न खोजेपनि असफल भएको थियो । भन्सार छलेको भन्दै राजश्व विभागले नियन्त्रणमा लिएको अवस्थामा किसानले कब्जा गरेर मल घरतिर लगेका हुन् ।

उनीहरुले झन्डै ५ सय हाराहारी मल घरतिर लगेका छन् । भन्सार छलेर ल्याएको मल व्यापारीहरुले महंगो बेच्ने गरेको उजुरीपछि राजश्व विभागले छापा मारेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार