विदेशीबाट आउदा दुईवटा मोबाइल मात्र ल्याउन पाईने

डेली न्युजराप्ती       २७ बैशाख २०८० ११:२० मा प्रकाशित     273 No Comments

काठमाडौँ । मन्त्री परिषदको बैठकलेअब विदेशीबाट आउने नेपाली नागरिकले दुई वटा मोबाइल आफ्नो साथमा ल्याउन पाउने निर्णय गरेको छ।
बैठकले झिटीगुन्टा नियमावली संशोधन गर्दै विदेशबाट आउने नेपालीले आफ्ना साथमा बढीमा २ वटा मोबाइल ल्याउन पाउने व्यवस्था गर्ने निर्णय गरेको हो। यो निर्णय भएसंगै विदेशीबाट आउने नेपाली नागरिकहरुले दुई वटा मोबाइल ल्याउन पाउने भएका हुन्।
यसअघि २०७७ साल जेठ १५ गते प्रकाशित सुचनामा भन्सार ऐन, २०६४ को दफा ९ को उपदफा (३) अनुसार डेस्कटप कम्प्युटर वा ल्यापटप, ट्याप, घडी, क्यामरा, भिडियो क्यामरा र प्रयोग गरिरहेको सेलुलर मोबाइल फोन एक एकथान ल्याउन पाउने व्यवस्था थियो।
सञ्चार, सूचना तथा प्रविधिमन्त्री रेखा शर्माले स्वदेश फर्किने नेपालीले साथमा बढीमा दुई वटा मोबाइल ल्याउन पाउने व्यवस्था गर्ने निर्णय भएको जानकारी दिइन्। मन्त्रिपरिषद बैठकले एमडीएमएस लागू गर्ने निर्णय पनि गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार