यी हुन राजपुर गाउँपालिकामा नवनिर्वाचित जनप्रतिनिधिहरु!

डेली न्युजराप्ती       ३ जेष्ठ २०७९ ०७:५४ मा प्रकाशित     292 No Comments


तुलसीपुर, २ जेठ । दाङको राजपुर गाउँपालिकामा जनप्रतिनिधिहरु चुनिएका छन् । गत बैशाख ३० गते सम्पन्न निर्वाचनको आज(सोमवार ) दिउँसो सवै मतगणना सकिएको हो । गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी भएको छ । यस अघि २०७४ सालको स्थानिय तहको निर्वाचनमा पनि नेपाली कांग्रेसले जितेको गाउँपालिकामा यसपाली पनि कांग्रेसका उमेदवारहरु निर्वाचित भएका छन् । अध्यक्षमा कांग्रेसका उमेदवार शरद कुमार बुढाथोकीले ३९८० मत प्राप्त गरी विजयी हुनु भएको छ ।

उहाका प्रतिद्धन्द्धी माओवादी केन्द्रका उमेदवार चक्र बहादुर खड्का ३१६७ र एमालेका उमेदवार कुलराज गिरीले २९२२ मत प्राप्त गर्नुभएको छ । यस्तैगरी उपाध्यक्षमा कांग्रेसका उमेदवार धनपति यादवले ३८३६ मत प्राप्त गरी निर्वाचित हुनु भएको छ । उहाका प्रतिष्प्रर्धी माओवादी केन्द्रका पुस्पा यादव ३३४८ र एमालेका सिता यादवले २९०७ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत बसन्तराज पुरीले जानकारी दिनुभयो । उहाले दिएको जानकारी अनुसार सात वटा वडा रहेको गाउँपालिकामा कांग्रेस २, माओवादी केन्द्र ३ र एमालेले २ वडा अध्यक्षमा जितेका छन् ।राजपुरमा ११ हजार ७४१ मत खसेको थियो ।
नवनिर्वाचित वडा अध्यक्षको विवरण
१. मा एमालेका सुर्य प्रसाद चौधरीले ६६६ मतका साथ विजयी
२. मा कांग्रेसका ओम प्रकास यादवले ६८० मतका साथ विजयी
३. मा माओवादी केन्द्रका रामप्रसाद अहिरले ५९५ मतका साथ विजयी
४. मा कांग्रेसका रामेश्वर अहिर ३३२ मतका साथ विजयी
५.मा एमालेका टंक बहादुर विष्ट ७०८ मतका साथ विजयी
६. मा माओवादी केन्द्रका श्याम बहादुर रोका ५८० मतका साथ विजयी
७. मा माओवादी केन्द्रका पुस्कर वली ८२० मतका साथ विजयी

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार