दाङमा विप्लवको पार्टीले महिनाको अन्तिम शुक्रवार रचनात्मक काम गर्ने, आज कहाँ के भयो?

डेली न्युजराप्ती       १ असार २०८१ १३:०८ मा प्रकाशित     103 No Comments

जेठ ३२ , दाङ । दाङमा विप्लव सी नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले प्रत्येक महिनाको अन्तिम शुक्रबार रचनात्मक कार्य गर्ने भएको छ ।
नेकपाको तेस्रो आवधिक योजनाको प्रथम पुर्ण बैठकले उक्त निर्णय गरेको हो ।

पार्टीले रचनात्मक कार्यलाई ‘रचनात्मक डे’को नाम दिएको छ ।

प्रत्येक महिनाको अन्तिम शुक्रवार गरिने रचनात्मक कार्यमा पार्टीले सार्वजनिक स्थलहरुको सरसफाइ , सरकारी एवम सामुदायिक बिद्यालय , कलेज , क्याम्पसहरुको सरसफाइ , सरकारी अस्पतालहरुमा सरसफाइ , जनसेवाका कामहरु , नमुना निर्माण कार्य , प्रतिक्षालयहरुको सरसफाइ एवम पुनर्निर्माण तथा निर्माण लगाएत नागरिकको प्रत्यक्ष जनस्वास्थ्यसंग जोडिएका सवालहरुमा काम गर्ने पार्टीका जिल्ला सेक्रेटरी तिलक सीले डेलिन्युजराप्तीलाई जानकारी दिनुभयो ।

यसैगरी पार्टीले प्रत्येक महिनामा गर्ने ‘रचनात्मक डे ’को जिल्लाभरी औपचारिक कार्यक्रम मार्फत उद्घाटन समेत गरेको छ ।
जिल्लाका १० वटै पालिकामा गरिने उक्त कार्यको विभिन्न सार्वजनिक स्थलहरुमा सरसफाइ गरि उद्घाटन गरिएको नेकपाले जनाएको छ ।

यस्तै पार्टीको तुलसीपुर नगर समितिले प्रादेशिक आयुर्वेद चिकित्सालय बिजौरीको आरोग्यशालामा सरसफाइ गरि अभियानको उद्घाटन गरेको हो ।

पार्टीले आजदेखी सुरु गरेको ‘रचनात्मक डे ’को उद्घाटन गर्दै पार्टीका केन्द्रीय सदस्य एवम दाङ क्षेत्र नं.३ इन्चार्ज प्रदिप सीले जनताको बिचमा रचनात्मक ढंगले जानको लागि अभियान सुरु गरिएको बताउनुभएको हो ।

उहाँले भन्नुभयो– ‘ जनताको बिचमा जाने त्योपनी रचनात्मक , सन्देशमुलक , चेतनामुलक , बहुक्षेत्रमा उपयोगी हुने प्रकारले पार्टीको निर्णय अनुसार यो काम गर्दैछौं । बिशेषगरि महिनाको प्रत्येक अन्तिम शुक्रवारलाई रचनात्मक दिनको रुपमा ग्रहन गरेका छौँ , लागू गरेका छौँ र कार्यान्वयनको चरणमा आइपुगेका छौँ।’

सार्वजनिक स्थलहरु , सार्वजनिक स्थानका परिषरहरुमा सरसफाइ मार्फत कामको सुरुवात गर्दैछौं , उहाँले थप भन्नुभयो ,‘ यसको मुख्य उद्देश्य भनेको अहिले जुनप्रकारले वातावरणीय प्रतिकुल एवम प्रभावहरु परिरहेका छन् त्यसलाई रोक्ने हो । त्यतिमात्रै होईन जनताको जिवनसंग स्वास्थ्य र सरसफाइ जोडिएको कारणले सहयोग पुगोस भन्नेपनी हो । सरसफाइ त सबैले गरिरहेकै छन् , एनजीओ , आइएनजीओ र विभिन्न क्लबहरुले पनि गरिरहेकै छन् । कतिपयले डलरको खेती गरिरहेका छन् तर हामिले दीर्घकालीन ढंगले जनताको जिवनसंग जोडेर रचनात्मक डेको सुरुवात गरेका हौं ।’

यस्तै कार्यक्रममा संक्षिप्त मन्तव्य राख्दै प्रादेशिक आयुर्वेद चिकित्सालय बिजौरीका निर्देशक सन्तोष कुमार ठाकुरले जनताको प्रत्यक्ष स्वास्थ्यसंग जोडिएको सरसफाइ अभियानले समाज , परिवार र नागरिकलाई सरसफाइप्रतीको जिम्मेवारीलाई बोध गराएको भन्दै पार्टीको प्रशंसा गर्नुभएको थियो ।

उहाँले अस्पताल परिषरमा निकै कटिबद्ध भएर लगनका साथ नेताकार्यकर्ताले सरसफाइ गरेकोप्रती सिंगो अस्पतालको तर्फबाट पार्टीलाई धन्यवाद समेत ज्ञापन गर्नुभएको हो ।

‘रचनात्मक डे’ अभियान उद्घाटनको सहजीकरण पार्टीका तुलसीपुर नगरका सेक्रेटरी भुवन सीले गर्नुभएको थियो ।

यस्तै घोराहीको पद्मोदय नमुना माध्यामिक विधालय परिषरमा सरसफाई गरि पार्टीको घोराही उपमहानगर कमिटीले प्रत्येक महिनाको अन्तिम शुक्रवार गरिने ‘रचनात्मक डे’ को उद्घाटन गरेको घोराहीका सेक्रेटरी महान सीले जानकारी दिनुभएको छ ।
उक्त कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य एवम लुम्बिनी प्रदेश जवस/मोर्चा इन्चार्ज सम्झना सी , पार्टीका केन्द्रीय सदस्य एवम दाङ २ नं. क्षेत्र इन्चार्ज पाटन जंगली सी , पार्टीका केन्द्रीय प्रतिनिधि सदस्य एवम घोराही उपमहानगरका इन्चार्ज विकाश सी , पार्टीका घोराही उपमहानगरका सेक्रेटरी महान सी , अखिल (समाजवादी)का केन्द्रीय सदस्य एवम दाङ जिल्ला इन्चार्ज खुमन सी , युवा संगठन नेपालका केन्द्रीय सदस्य एवम दाङ जिल्ला इन्चार्ज पदम सी , अनेमसंघ क्रान्तिकारीका केन्द्रीय सदस्य अशोका सी लगाएत पार्टीको नगर कमिटी , जिल्ला समितिका नेताकार्यकर्ता , जवस एवम मोर्चाका विभिन्न तहका सयौंजना नेताकार्यकर्ताको उपस्थिती रहेको नेकपाले जनाएको छ।

यस्तै अन्य पालिकामा पनि सरसफाइ अभियान मार्फत ‘रचनात्मक डे’को उद्घाटन गरिएको स्रोतले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार