युवा संगठन नेपाल पूर्वी दाङद्वारा वृद्दाश्रममा फलफूल वितरण 

डेली न्युजराप्ती       २५ आश्विन २०८० १०:५१ मा प्रकाशित     153 No Comments

घोराही । नेपाल कम्युनिस्ट पार्टीको सहायक संगठन युवा संगठन नेपाल पूर्वी दाङले वृद्दाश्रममा फलफूल वितरण गरेको छ । 

संगठनले संगठनको केन्द्रीय कार्यक्रम  अनुसार आज  बुधबार घोराही-१६ तेरौटेमा रहेको वृद्दाश्रममा रहेका वृद्दवृद्दाहरुलाई फलफूल वितरण गरेको हो । 

कार्यक्रममा बोल्दै युवा संगठन नेपालका केन्द्रीय सदस्य पाटन सीले  संगठनको केन्द्रीय योजनाअनुसार  आज देशभर वृद्दाश्रममा रहेका आमाबुवाहरुसँग भेटघाट  गरिरहेको बताए ।   आमाबुवाहरुले समाज तथा  परिवारप्रति गरेको योगदानबाट समाजले नयाँ  कुरा सिकेको भन्दै उनले परिवार र समाजप्रति आमाबुवाले गरेको योगदानले अझै सार्थकता नपाएको कुरामा जोड दिए । 

युवा नेता पाटनले वृद्द, घाइते  तथा अशक्तहरुको व्यवस्थापन गर्ने  अभिभावक भनेको  राज्य भएको उद्घोष गर्दै आज हामीले जिन्दगीभरी गरेको योगदानको कदर गरिदिने र त्यसलाई सुरक्षा गर्ने जिम्मा राज्यको भएको स्पष्ट पारे ।  देशभर वृद्दाश्रम रहेका आमबुवाहरुसँगको भेटघाटबाट आफूहरुले शिक्षा र ज्ञान हासिल गर्ने भन्दै अध्यक्ष पाटनले  अबको संस्कार र संस्कृतिलाई वैज्ञानिक र ब्यबहारिक बनाउनुपर्ने बताए । 

कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा  पूर्वी दाङकी इञ्चार्ज सम्झना सी, पार्टी पूर्वी दाङका सेक्रेटरी जनक सी, संगठन पूर्वी दाङका उपाध्यक्ष शिशिर सी लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार