साउन २७ , तुलसीपुर । जनपत्रकार संगठन नेपाल दाङले पत्रकारिता पेशाको मर्यादा विपरित गतिबिधी रोक्न माग गरेको छ ।
जनपत्रकार संगठन नेपालका केन्द्रीय सदस्य एवम संगठनका जिल्ला अध्यक्ष हेमन्त प्रकाश ओलीले आज एक प्रेस बिज्ञप्ति जारी गर्दै उक्त माग गरेका हुन् ।
बिज्ञप्तिमा तुलसीपुर उपमहानगरपालिकाले सार्वजनिक गरेको इन्धन वितरणमा महासंघका कार्यसमितिका पत्रकार पनि जोडिएको स्पष्ट भएको हुँदा उक्त घटनाको बिसयमा महासंघको आधिकारिक धारणा सार्वजनिक गर्न जोडदार माग गरिएको छ भने पेशाको मर्यादा विपरित हुने गतिविधिलाई रोक्न हामी प्रेस बिज्ञप्ति मार्फत आग्रह समेत गरिएको छ ।
बिज्ञप्तिमा भनिएको छ – ‘उपमहानगरपालिकाले हालै सार्वजनिक गरेको आर्थिक वर्ष २०७८/०७९ र २०७९/०८० मा संसदवादी दलका पत्रकार र संसदवादी पार्टी निकट पत्रकार संघ/संगठनलाई सत्ता र शक्तिको चरम दुरुपयोग गर्दै मनोमानी , आफुखुसी , कुनैपनी प्रयोजन बेगर इन्धन वितरण गरिएको स्पष्ट भएको छ ।’
पत्रकारिता पेशा मर्यादित नभएको भन्दै संगठनले थप भनेको छ ‘पछिल्लो समय दाङमा पत्रकारिता मुल्य मान्यता र आचारसंहिता विपरित कार्यहरु भइरहेका छन् ।
केही समयअघि मात्रै लुम्बिनी प्रदेश सरकारले मिडियालाइ छुट्याएको बजेटमा पनि सत्ता र शक्तिको चरम दुरुपयोग गर्दै मुख्यमन्त्री , मन्त्रीका प्रेस संयोजक सम्बद्ध मिडियालाइ लाखौं रकम बजेट बिनियोजन गरियो । उक्त कदमको हामिले वक्तव्य मार्फत कडा बिरोध जनाएका थियौं तर सम्बन्धित निकाय चुपचाप रह्यो । नेपाल पत्रकार महासंघपनि सबैको साझा संस्था बन्न नसकेको तितो यथार्थ छदैछ । महासंघले कसैलाइ काखा र कसैलाइ पाखा राख्ने प्रवृती दिनानुदिन बढिरहेको छ । महासंघले आफु निकटको हुँदा मूल्य मान्यता र आचारसंहिताको कुरै नगर्ने तर अन्यलाइ आचारसंहिताको जलप लगाएर पाखा लगाउने प्रवृती मौलाइरहेको छ । नेपाल पत्रकार महासंघ दाङ शाखाले हालको नयाँ सदस्यता वितरणमा पनि राजनीतिक भागबन्डाको आधारमा गरेको स्पष्ट गर्न चाहान्छौ । हामिले यो बिसयमा एकल र चार क्रीयाशिल पत्रकार संगठनको संयुक्त हस्ताक्षरमा बिज्ञप्ति मार्फत नयाँ सदस्यता छनौट तत्काल सच्याइ नयाँ प्रक्रिया सुरु गर्न आग्रह गरिसकेका छौँ।’
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.